बिहिबार, फाल्गुन १५ २०७६
जनसवाल संवाददाता
झापा / गत जनवरी ३ मा फेसबुकमा बिगत १० बर्ष देखी हराएकी झापाली महिला (झापा,कचनकवल वार्ड ६) पम्फा थापा साउदी दुतावासमा संपर्कमा आएकी थिइन। उनी जब नेपाल आउन चाहन्थिन र उनको मालिक्निले त्यसको प्रकृयाकोलागी उनलाई दुतावासको ढोका सम्म ल्याइन । करिब ५० हजार रियाल साउदी रकम पनी दुतावासमा जम्मा भयो उनको लागि। तर दुताबासको पहिलो प्राथमिकता थियो उनलाई घर पठाउनु । यसै बिषयमा एनआरएनए युएईका महासचिव निश्चल दाहालले यो केसमा सहजिकरण गर्दै थिए दुतावासका तत्कालिन श्रम सहचारि अम्बिका अधिकारीसँग संपर्कमा रहेर । दाहाल ति भेटिएकी थापाको गाउले पनि हुन । गैर कानुनी माध्यमबाट दिल्लिको बाटो हुँदै साउदी पुगेकी पम्फा न त प्रष्ट वक्ता हुन न त बाठी । अत्यन्त गरिव परिवारकी उनी करिब लाटा झै आफ्ना पती, बालख दुई छोरा छोडि बिदेसिएर हराएकी थिईन । अब प्रकृया कठिन थियो उनलाई कसरी घर पठाउने भन्ने , उनी अर्काको नामको पासपोर्ट लिएर आएको कारण दुतावासलाई उनी नेपाली हुन हैन ठम्याउन असहज भएको थियो साथै उनी नेपाली हो भन्ने प्रमाणित गर्न बिभिन्न कागजात जस्तै नागरिकता, विवाह दर्ता आदिको माग दुतावासबाट भयो । यि कागजात नेपालबाट मगाएर महासचिब दाहालले अम्बिका अधिकारीलाई एकै दिनमा उपलब्ध गराएको र श्रमसहचारी अधिकारिले उनको ट्राभल डकुमेन्ट इस्सु भएको भनी व्हाटस एपमा जनवरी ९ मा जानकारी दिएको दाहालले बताए ।

अब पम्फा फर्कने कुराले घरका परिवार हर्षित भए, दुतावासमा रहेको उनको पैसाको कुरा नेपालमा जानकारी गराइएको थिएन, तर सहि सलामत आफ्नो आमा हेर्न चाहन्थे छोराहरु, श्रीमती पर्खिएका थिए उनका पती, बुहारी कुर्दै थिए बुढा सासु ससुरा तर दिन हप्ता हुँदै महिना यसै बित्यो । उनको आमा बितेको पनि उनलाई थाहा दिईएको थिएन ।
साउदी स्थित नेपाली दुताबासको ढिलासुस्ती उपर निश्चल दाहालले हेल्लो सरकारमा उजुरी गर्दा, त्यो तथ्यहिन भनी ब्यक्तिगत तवरले बिज्ञप्ति निकाल्यो साउदी दुतावासले निश्चल दाहालको नाम नै तोकेर । पम्फाको बारेमा चासो राख्दा झर्किएर बोल्न थाले श्रम सहचारि अम्बिका अधिकारी पनि । अधिकारीले त उनले पाएको पम्फाको कागजात आफ्नै संस्थामा काम गर्ने द्वितिय सचिव तारा गौतमलाई समेत दिएकि रहेनछिन गौतमले नै यो केश हेरिरहेकी थीइन । अब बुझौ साउदी दुतावासको कार्य शैली , जस्ले आफुलाई ओभानो राख्न र आफ्नो लाचारी लुकाउन के सम्म गरेन१ खण्डन त परै जावस सिधै धम्कीपूर्ण भाषा प्रयोग गर्यो साउदी दुतावासले बिज्ञप्तिमा । अब न त खबर पाइने न त काम हुने, धेरै निकायमा यो कुरा पुग्यो ।
दुतावासका कर्मचारी तारा गौतमले परिवारसँग संपर्क निरन्तर भएको र अन्यलाई जानकारी दिन आवश्यक नरहेको भन्दै टार्न थालिन संचारमाध्यमसँग । घर परिवारले फोन गर्दा न उठाउने र मेसेजको रिप्लाई नगर्ने दुतावासका कर्मचारी सरकारले मान्यता दिएको सामाजिक संस्था एनआरएनएका प्रतिनिधिलाई समेत थर्ड पर्सन भन्दै सुचना दिन मानेनन्
जनताको पैसाले तलब खाएर जनताको सेवा गर्न बसेका हरु राजा हुन खोज्नु बिडम्बना हैन र एनआरएनए युएईका महासचिब दाहालले भने रु
दुतावासमा आए पश्चात एक पटक पनि दुतावासका प्रतिनिधिले निज थापासँग संपर्क गरेन के जिम्मेवारि निभायो त दुताबासलेरु
स्पोन्सरसँग कुरा गर्न असहज हुने जस्ता कुरा ताराले गरेपनी आफुले बारम्बार परिवारको माध्यमबाट वा स्वयं पनि फोन गरेर खबर लिदै गरेको सम्झनु हुन्छ महासचिब दाहाल।
२३ फेब्रुअरीमा पम्फा थापा बल्ल नेपाल आउने टिकटको बिवरण आयो उनको मालिक्नीबाट, दुतावासले न त यो केसमा चासो राख्ने दाहाललाई, न त घरका कुनै परिवारलाई, कसैलाई कुनै बिवरण उपलब्ध गराएन । थापा काठमाण्डु आई पुगिन कुवेत ट्रान्जिट हुँदै २४ तारिक बिहान १ बजे ।
उनलाई लिन गएको उनका आफन्तले अब उनलाई भेटेनन, सबै अत्तालिए। ति महिला नेपाल आएर कसैसँग फोन माग्ने वा परिवार खोजी गर्ने सम्म दिमाग लगाउन नसक्ने सोझी रहिछिन। यहाँ दुतावासले बिवरण उपलब्ध गराएको भए, संपर्कमा आएकालाई अपडेट दिएको भए यस्तो समस्या नआउने परिवारको दाबि छ रु
यहि बिषयमा दुताबासकी तारा गौतमलाई पटक पटक फोन मेसेज पठाएको तर त्यस्को उत्तर नआएको महासचिब दाहालले बताए
निज थापाको खोजिमा जजिरा एयरको अफिस देखी, अध्यागमन, एयरपोर्ट प्रहरी, सबैसँग कुरा गरेको दाहाल सम्झन्छन । कन्सुलर शाखाका एक कर्मचारी सुरज हुमागाइ त काम गर्न नपरे नि हुने तरिकाले भेटिएको दाहाल सम्झन्छन। बल्ल तल्ल जजिरा एयरका कर्मचारीले उनी आएको यथार्थ बताए, यता इमीग्रेसनका डिजन भट्टराई, जितेन्द्र अधिकारीले निज थापा ०२।०५ बजे इमीग्रेसन पार गरेको जानकारी दिए तब गएर सिसिटिभी फुटेज हेरी उनीलाई देखियो र त्यहाका कर्मचारीले चिनेको आप्रवासी महिला कामदार संघका प्रतिनिधिले थापालाई एक्लो देखी लिएर गएको पत्ता लाग्यो । अब आएर बल्ल संपर्क हुन सक्यो थापासँग काठमाण्डौ झरेको २०र२२ घण्टा पश्चात । यो तनाव बयान गर्न नसकिने भएको भन्दै गैर जिम्मेवार दुतावास प्रती आक्रोस ब्यक्त गरे दाहालले र पिडितको परिवारले । अम्बिका अधिकारी बिरुद्द एक निवेदन पनि दर्ता गराएको र तारा गौतमको झुटको बारेमा पनि जानकारी दिएको सम्झदै दाहाल भन्छन के होला बैदेशिक रोजगारीमा जाने नेपालीको ब्यथा र बेदना जहाँ यस्ता कर्मचारी हुन्छन दुताबासमा । अनि ती निवेदन उपर केही कारवाही पनि नहुनेमा बिश्वस्त छ्न दाहाल । काठमाण्डौ बाट झापा आएकी पम्फालाई घरमा भेट्न वरपरका धेरै स्थानियहरु आए, कसैको आँखा ओभानो थिएन। उनले दुतावासले एक कल फोन पनि नगरेको बेदना हामीलाई सुनाइन। सबै परिवार जम्मा हुँदा हर्षका आशु बही रहेका थिए र उनीहरु भन्दै पनि थिए किन अगाडि आउन सकिनन उनी रु परिवारका हर सदस्य र स्थानियको गुनासो दुतावासको कमजोरी र बेवास्तापन प्रती थियो । उनी साउदी दुतावास पुगेको झन्डै २ महिनामा घर आएकी छन ।
उनी त नेपाल आइन अब उनको मालिक्निले दुतावासमा रहेको पैसा झिकाउने कुरा एक च्यालेन्ज झै रहेको निश्चल दाहाल बताउछन । अगाडि मान्छे पठाएर उनको नाममा खाता खोली बरु स्थानिय प्रशासनको रोहबरमा उनको पैसा नेपाल पठाउला भनेर भनेको सम्झदै दाहाल भन्छन, सामाजिक संस्थाको मानिसलाई त बेवास्ता गर्ने दुतावासले खै कहिले गर्ला यस्तो काम रु जे भएता पनि उनको त्यो ५० हजार भन्दा बढि रियाल नेपालमा उनकै बैंक खाता खोली हाल्नमा सहजिकरण गर्न आफु प्रतिबद्ध रहेको दाहाल बताउछन।
जे भएता पनि ढिलै भएपनि पम्फा देवी आईन त्यस्को लागि दुतावासलाई सम्झिनैपर्छ तर दुताबासको कार्यशैली अबस्य सुधार ल्याउनुपर्छ यस अभियानमा सहजिकरण गर्नु हुने राजेन्द्र अर्याल , राजु शैयदलगायत नेपालमा रहेका उल्लेखित बिभागका कर्मचारी पनि यो कार्यमा धन्यवादका पात्र छन् दाहालले भने । सब भन्दा त पम्फा देविलाइ दुतावास लाने उनकी मालिक्नी र सोही दिन फेसबुकमा अपलोड गर्ने कोहि नेपाली यो कार्यका मुख्य नायक हुन । १० बर्ष पम्फा जसरी बसे पनि अन्त्यमा मालिक्निले रुदै एयरपोर्टबाट केही रकम दिएर बिदा गरेको सम्झन्दै खुशी हुँदै अब घरको आफ्नै सानो खाटमा निदाउन चाहन्छु भन्छिन पम्फा ।
साउदीमा यस्ता धेरै पम्फाहरु छन यस्ता धेरै ब्यथा छन, यस्लाई समाधान गर्न साथ र हात दिने हरुलाई तिरस्कार नगरि हातेमालो गरी हिंडे सुन्दर हुन्छ। दुतावासले एकल प्रयासमा धेरै गर्न सक्दैन तर सहयोग माग्न सिक्नु पर्छ न कि राजावादी शैलिमा जनता पेल्ने र ठुलो पल्टने, अन्तत्वगत्वा हामी हर नेपाली अर्को दुखमा परेको नेपालिको दुस्ख हर्न चाहन्छौ दाहाल भन्छन ।
अब पम्फाको पैसा चाडै आओस् र अन्य पम्फाले यति कस्ट नझेलुन नेपालि दुताबास साउदिअरब बाट ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij