विगत दुई वर्ष यता कुनै गतिविधि नगरी बसेका नेकपा प्रवास कमिटी लामो समय लगभग दुई वर्षको हानथाप पछि कमिटीले निकास त पायो तर चरम विवाद पनि सुरु हुन थालेको छ । यसको पछिल्लो राम्रो उदाहरण बेल्जियम बनेको छ । पहिले देखिनै बेल्जियममा पूर्व एमालेको प्रवासी नेपाली मञ्च एक सशक्त सङ्गठनको रूपमा रहँदै आएको छ । दुई सङ्गठन मिसिदा स्वाभाविक एकीकृत तरिकाले हुनुपर्ने थियो तर त्यसो नभएर एकलौटी जस्तो बनेको देखिन्छ ।
गत एनआरएन अध्यक्ष अहिले सङ्गठनको अध्यक्ष र बहुमत सदस्य सङ्ख्या सहित पूर्व माओवादी हाबी भएको तर पूर्व एमाले प्रवासी नेपाली मञ्च चैँ निरीह रहेको भन्दै विरोधका आवाजहरू सुरु भएको छ । पूर्व एमाले तर्फबाट संस्थापक देखि गत कार्यसमितिका समेत गरी बहुसङ्ख्यकलाई बाइपास गरिएको छ । यदि बेलैमा समाधान गरिएन भने विवादले चर्को रूप लिने देखिन्छ । असन्तुष्ट पक्षले केन्द्रसँग छलफल गरेर सोही अनुरूप यस्तो अन्यायपूर्ण व्यवस्था नस्विकार्ने बताएका छन् । पछिल्लो समय यसै विषयलाई लिएर बेल्जियम, मलेसिया, जापान लगायत धेरै देशहरूमा असन्तुष्टि र आन्तरिक दोन्द बढेर गएको छ । असन्तुष्ट पक्षहरूमा बेल्जियममा लामो समयदेखि नेकपाका सक्रिय विनोद न्यौपाने पनि एक हुन । न्यौपाने भन्छन्– “समायोजन भनेको समर्पण होइन । यति धेरै संस्थापक देखि वर्तमान कार्यसमितिका कयौँ साथीहरूलाई बाइपास गरेर बनाइएको कमिटीले कस्तो रूप लेला ? १४ वर्ष भयो बेल्जियममा सङ्गठन सुरु भएको । कोही कसैलाई एक पटक भोट हाल्नको लागि ल्याइएको केही राखेर । बहुमत सहित अध्यक्ष सबै तुम सरणम यो कस्तो एकता हो ?