मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनलाई दलाल र भूमाफियाले फसाए , हामी सरकारसङ्गै सहकार्य गरेर अगाडि बढछौ – अध्यक्ष पन्त

मंगलबार, फाल्गुन १३ २०७६

ग़ैरआवासीय नेपाली संघ (एनआरएनए) का आईसीसी अध्यक्ष कुमार पन्तले एनआरएनए लाई दलाल र भूमाफियाले फसाएको बताएका छन्। ग़ैरआवासीय नेपाली संघ स्पेनले बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा काठमाडौंस्थित एनआरएनएको भवन निर्माण गरिएको बालुवाटार जग्गा प्रकरणमा आफूहरुलाई षड्यन्त्रपूर्वक फसाइएको दावी गरेका छन्।एनआरएनएको चुनावअगाडि भवन प्रकरण मुद्धामा सबैभन्दा उग्र देखिएका पन्त चुनावपछि केही सिथिल भएको अनुभव अन्तरक्रियामा सहभागी नेपालीहरूले गरेका थिए। विभिन्न वक्ताहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष पन्तले रक्षात्मक उत्तर दिँए, ‘जग्गा खरीद गर्नुपूर्व हामीले विश्वासको भरमा काम गर्यौ। यो नै गल्ती भयो।’उनले यस विषयमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष शेष घले, जिवा लामिछानेलगायत सबैसँग सम्पर्क भएको तर निवर्तमान अध्यक्ष भवन भट्टसँग कुराकानी हुन नपाएको बताए। ‘छिटै कुराकानी गर्छु। मार्चको अन्तिम साता काठमाडौंमा छलफल तय भएको छ’, उनले भने।

उनले भित्रीरुपमा जग्गाको विषयमा बुझ्दा एकले अर्कालाई देखाउने कारण अझैं सत्यतथ्य थाहा पाउन नसकेको बताए। ‘आईसीसीलगायत एनसीसीमा पनि यो छलफलको विषय बनेको छ। गैर आवासीय नेपाली संघको कार्यालय रहेको बालुवाटार जग्गाको विषयमा विश्वभरिबाट साथीहरुले के भएको हो भनेर चिन्ता र चासो ब्यक्त गरिरहनु भएको छ । यस विषयमा हामीले मुद्दा मामिलामा नगई एनआरएनए भवन भोगचलन गर्न पाउनु पर्ने भन्दै सरकारसँग माग गरिरहेका छौ । सरकारसँग यस विषयमा पटक–पटक छलफल भइसकेकाले एनआरएनएले जग्गाको पैसा फिर्ता लिने र भवन प्रयोग गर्नुको विकल्प छैन । त्यसैले साथीहरुलाई नआत्तिन अनुरोध गर्दै छिट्टै संघको बैठक बसी आधिकारिक धारणा सार्वजनीक हुने जानकारी गराउन चाहान्छु ।


पन्तले अध्यक्ष निर्वाचित भएपछि आफूले कतारपछि अहिले बार्सिलोनामा औपचारिक कार्यक्रममा भाग लिएको बताए।‘संस्थाको आर्थिक पारदर्शीतालाई लिएर कुरा आइरहेको छ। तपाईहरुले दिने ५–५ डलरको सहयोगले नै संस्था चल्ने हो,’ उनले भने–‘हामीले थुप्रै आयोजना बनाइरहेका छौं। कतिपय सुरुवातको चरणमा छन्। विगतमा एनआरएनएले आयोजनाको बजेट अनुमान गर्दा लागत मूल्य एउटा हुने र काम सम्पन्न हुँदा लागतमा बृद्धि भएको देखिएको छ। यसैले प्रश्न गर्ने ठाउँ उठेको छ। यसलाई व्यवस्थित गर्नेतर्फ हाम्रो ध्यान आकृष्ट भएको छ। काठमाडौंमा सुविधासहितको नमुना शौचालय बनाउन लागिएको र ५ वर्ष यसको स्वामित्व एनआएएनएसँग हुने जानकारी दिए। ‘काठमाडौं महानगरपालिकासँग सम्झौंता भइसकेको छ। यो सबै आयोजना तपाईहरुको सहयोगबाट नै पुरा हुने हो। यसका लागि अर्बो रकम आवश्यक पर्छ। मैले तपाईहरुबाट सहयोगको अपेंक्षा गरेको छु,’ उनले भने। एनआरएनए चुनावमा पैसाको चलखेल हुने विषय उनले स्विकार गरे। उनले अब यसलाई कम खर्चिलो बनाउन आफ्नो कार्यकालदेखि बिना पैसा सदस्य बन्न पाउने र काठमाडौं नआई आफू बसेकै देशबाट अनलाइनमार्फत मतदान गर्न पाउने नियम बनाउन लागेको बताए।

‘धेरै पैसा हुने अध्यक्ष बन्ने। अली कम हुने उपाध्यक्ष, यसरी समाज विकृतितर्फ जान्छ। यसले संस्थाको भबिष्यमा समेत प्रश्न चिन्ह खडा गर्छ। संस्था दिगो रूपमा जोगाउन यसतर्फ ध्यान दिनु जरूरी छ,’ उनले भने। कार्यक्रम नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो। अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञावलीले प्रवासमा रहेका नेपालीहरूको सुख–दुःखमा सरकारले साथ दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘तपाईहरु जहाँ जसरी रहनु भएको छ। आफ्नो काममा दक्षता हासिल गरेर नेपालको विकाशमा टेवा पुर्याउनु होस्। नेपालमा रोजगारी श्रृजना गर्ने दिशामा पनि तपाईहरुको कदम अगाडी बढोस्। मेरो शुभकामना छ।उनले स्पेनले नेपाली दूतावास पाएको बताउँदै काठमाडौमा स्पेनीस दूतावास निर्माण गर्न पहल गर्ने बताए। ‘निटक भविस्यमै समय मिलाएर स्पेनमा परराष्ट्र तथा कुटनीतिक लेवलको भ्रमण तय गर्नेछु। दुई देशबीचको कुटनीतिक सम्बन्धलाई बिस्तार गर्ने मेरो प्रयास रहने छ,’ मन्त्री ज्ञावलीले भने। ग़ैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्पेन, पोर्चुगल, बेल्जियम, जर्मनी, नेदल्यान्ड लगायत विभिन्न संघ संस्थाका प्रतिनीधिको उपस्थित थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार