नेपालीलाइ हङकङ भिसा खुला गर्न परराष्ट्रमन्त्री ज्ञवाली सकारात्मक

काठमाडौं(जस) – गैरआवासीय नेपाली संघ (एनआरएनए)हङकङले नेपालीलाइ हङकङ भिसा समस्या समाधानका लागि पहल गरिदिन परराष्टमन्त्री प्रदीप ज्ञवालीको ध्यानाकर्षण गराएका छन् ।विगत १५ वर्षदेखि नेपालीलाई रोजगारी भिसा दिन हङकङले बन्द गरेको थियो । केही नेपालीहरुले शरणार्थी बन्ने गरेपछि रोजगारी भिसा बन्द गरेको थियो । त्यसबेला हङकङले भने नेपालमा द्वन्द रहेका कारण भिसा बन्द गरेको जनाएका थियो ।अहिले राजनीतिक परिवर्तन भइसकेको र नेपालमा कुनैपनि द्वन्दको स्थिति नरहेको भन्दै( एनआरएनए) हङकङले रोजगार भिसा खुलाउनका लागि नेपाल सरकारको तर्फबाट पहल गर्न माग गरेको हो । भिसा समस्या हुनाले नेपालीले पाउने अवसरबाट बञ्चित हुनुपरेको (एनआरएनए) हङकङका अध्यक्ष राधिका गुरुङ (टिका)ले बताए ।एनआरएनए, हङकङको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले विगतमा परिस्थितिजन्य स्थितिले गर्दा भिसा समस्या रहेको भन्दै सक्दो छिटो पहल गर्ने आश्वासन दिए ।सो अवसरमा एनआरएनए आइसीसीका सदस्य तथा चेम्बर अफ कमर्सक अध्यक्ष दासुराम पराजुली, एनआरएनए, हङकङका महासचिव गोकर्ण ढकाल लगायत सहभागी थिए ।