मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए हङकङद्धारा हङकङमा रोजगारीका लागि भिसा खुलाउन माग

शुक्रबार, फाल्गुन ९ २०७६

काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ(एनआरएनए) हङकङले नेपालीका लागि हङकङमा रोजगारीका लागि भिसा खुलाउन आवश्यक पहल गरिदिन माग गरेको छ । श्रम रोजÞगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादवलाई भेट गर्दै एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टिका) नेतृत्वको प्रतिनिधि मण्डलले सो माग गरेको हो ।
हङकङमा नेपालीका लागि सन् २००५ देखि रोजगारी भिसा बन्द छ । सो समयमा नेपालमा माओवादी जनयुद्ध रहेको कारण बन्द गरिएको भनिएको थियो । तर, अहिले सो पार्टी मूल राजनीतिमा आइसकेको छ ।


वर्तमान श्रममन्त्री नै पूर्वमाओवादी पार्टीका हुन् । राजनीतिक परिवर्तन भएपनि हङकङमा रोजगारीको भिसा खुलाउन भने नेपाल सरकारबाट कुनै पहल भएको छैन । यस्तो अवस्थामा एनआरएनए हङकङले सरकार–सरकारबीच सम्झौता गरेर रोजगारी भिसा खुलाउन पहल गरेको छ । भेटका अवसरमा मन्त्री यादवले रोजगार भिसा खुलाउनका लागि आवश्यक पहल गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार