मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक क्यानाडामा हुने, बैठकसंगै क्षेत्रको क्षेत्रीय बिज्ञ सम्मेलन समेत हुने निर्णय

मंगलबार, फाल्गुन ६ २०७६

अमेरिका/ गैर आवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक क्यानाडामा हुने भएको छ । फेब्रवरी १६, २०२० मा गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठी अध्यक्षतामा बसेको बैठकले क्षेत्रीय बैठक क्यानाडामा २०२० मा गर्ने निर्यण गरेको छ। सोहि बैठकसंगै क्षेत्रको क्षेत्रीय बिज्ञ सम्मेलन समेत हुने निर्णय गरिएको कुरा संयोजक राजन त्रिपाठीले जानकारी दिए।

एनआरएनए अमेरिकाज क्षेत्रका आरसी राजन त्रिपाठीका अनुसार बैठकमा अन्तराष्ट्रिय उपाध्यक्ष रबिना थापा, सचिव गौरी जोशी, क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा र आइसीसी सदस्यहरु होम गौतम, शंकर खड्का, तृणा शर्मा, शिबराज पौडेल, गोपी कृष्ण काफ्ले, प्रमोद सिटौला, यमुना भट्टराई, हरी दाहाल र पुरुषोत्तम बोहोरा रामेतको उपस्थिति रहेको थियो।

त्यसैगरी बैठकमा एनसीसी क्यानाडाका अध्यक्ष चिरन्जिबी घिमिरे र महसचिब पिताम्बर भट्ट्राइ, एनसीसी अमेरिकाका अध्यक्ष सुनिल साह र महासचिव पशुपति पाण्डे पनि उपथित रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार