सानुबाबु सिलवाल/ अमेरिका
तपाई अधिकाशले गत बर्षको कर दाखिला गर्नु भयो होला सायद नगर्नु भएको भए पनि ट्याक्स फाइलिङ्गका लागि तयारि गर्दै हुनुहुन्छ। जुन अप्रिलको १५ सम्ममा दाखिला गरिसक्नु पर्नेछ। ढिला भयो र भ्याउनु भएन भने एक्सटेन्सन गर्न सक्नुहुनेछ अधिकतम ६ महिनासम्मका लागि तर त्यसका लागि आइ आर एसको ४८६८ एक्सटेन्सन फर्म भर्नुपर्नेछ।
तिरेको कर रिफन्ड हुन्छ?
हुन्छ। तपाइको बर्षभरिको आय आम्दानि अमेरिकन फेडेरल सरकार र राज्य सरकारको आय मापदण्ड रेखाभन्दा तल भए, तपाइका डिपेन्डेन्ट परिवार वा बच्चाहरु भए तपाइले बर्ष भरि तिरेको कर र अमेरिकन सरकारको कर प्रिभिलेज बेनेफिट अन्तर्गत तपाइले ट्याक्स रिफन्ड पाउनु हुन्छ। यो आम्दानि, परिवार, खर्च र अबस्थामा तपाइले कति रिफन्ड पाउने निर्भर गर्दछ।
ट्याक्स फाइलिङ्ग गरेको कति दिनमा पाउनु हुन्छ रिफन्ड?
हरेक १० ट्याक्स रिफन्ड मध्ये ९ वटा रिफन्ड कर दाखिला गरेको २१ दिन भित्रै तपाइले रिफन्ड पाउनु हुन्छ। यदि तपाइले ट्याक्स फाइलिङ्ग गर्दा तपाइको कमाइको आयकर क्रेडीट (इआइटिसि), बच्चाको अतिरिक्त ट्याक्स क्रेडीट( एसिटिसि) उल्लेख भएको भए फेब्रेवरि पहिलो हप्तामा ट्याक्स फाइलिङ्ग भएको भए मार्चको पहिलो हप्ता पुग्न सक्दछ। लगभग ४ देखि ५ हप्ता लाग्नेछ रिफन्ड चेक प्राप्त गर्न।
ट्याक्स रिफन्ड कता छ भनेर बुझ्न अनलाइन ट्र्याक गर्न सक्नुहुन्छ।
यदि तपाइको रिफन्ड चेक २८ दिन भन्दा बढि नाघेमा वा पाउनु भएन भने तपाइले डब्लु डब्लु डट आइ आर एस डट जिओभिमा गै व्ह्रेर इज माइ रिफन्ड कन्टेन्टमा ट्र्याक गर्न सक्नु हुनेछ तपाइको रिफन्ड। यसको अलावा तपाइले आफ्नो सेल फोनमा आइआरएस २गो एप डाउनलोड गरि आफ्नो रिफन्ड ट्र्याक गरि हेर्न सक्नुहुनेछ कहिले पाउनुहुन्छ भनेर।
कसरि पाउनुहुन्छ पेमेन्ट?
तपाइले कर दाखिला गर्दा तपाइको पर्सनल बैङ्क खाता दिनु भएको छ भने त्यहि डाइरेक्ट डिपोजिट गरिदिन्छ आइ आर एसले। तर, तपाइको बैङ्क खाता छैन, हैन म चेकमै मेरो रिफन्ड बुझ्छु भनेर भन्नु भयो भने तपाइ बसेको ठेगानामा चेक पठाइदिन्छ। उक्त चेक तपाइले चेक क्यासिङ्ग सेन्टर वा बैङ्कमा गै साट्न सक्नुहुनेछ। तर सटनि शुल्क तिर्नु पर्नेछ। तर, तपाइ र परिवारको जोइन्ट सयुक्त चेक छ भने उक्त रिफन्ड चेक तपाइहरुको जोइन्ट खाता नै हुनुपर्दछ जम्मा गर्न र चेक साट्न पनि दुइ जना नै सङ्गै नभएसम्म चेक साटीदैन।
चेक हरायो भने के गर्ने?
यदि रिफन्ड चेक भनेको बेलामा आएन, मिसप्लेस भएछ वा हरायो भने तपाइले रिप्लेसमेन्टको लागि निबेदन दिन पाउनु हुनेछ। २८ दिनसम्ममा पनि चेक आएन वा हराएमा आइ आर एसको वेबसाइटमा गै रिप्लेसमेन्टको लागि निबेदन दिनुहोस। बुझ्नु भएन र जान्नु भएन भने मलाइ सम्पर्क गर्न सक्नुहुनेछ।
कहिले फाइलिङ्ग गर्दा कहिले तपाइले रिफन्ड पाउनुहुन्छ?
जस्तै तपाइले यहि महिनाको ३ तारिख अघि ट्याक्स फाइलिङ्ग गरेको भए तपाइले हिजोसम्ममा चेक बुझिसक्नु पर्नेहुन्छ। फेब्रेवरि १० मा फाइलिङ्ग गरेको भए फेब्रेवरि २८ तारिखसम्म कुर्नुहोस। मार्च २ मा गरे मार्च २० सम्ममा चेक आइपुग्नेछ। कहिले ट्याक्स फाइलिङ्ग गर्दा कहिले चेक पाउनुहुन्छ त्यसको पुर्ण चार्ट मिति सहितको यसैसाथ सम्लग्न गरिदिएको छु। नबुझे सम्पर्क गर्नुहोला।
के गर्छन प्रायस अमेरिकामा ट्याक्स रिफन्डको चेक रकम?
झन्डै झन्डै अधिकतम १० -१२ हजार पनि बुझ्न सक्छन त्यो परिवार, आम्दानिमा भर पर्ने भयो। यो त सघिय सरकारको कुरो भयो यसै साथमा राज्य सरकारबाट पनि ट्याक्स रिफन्ड रकम प्राप्त हुनेछ। जुन फेडेरल सरकारको दाजोमा कम हुनेछ स्टेट ट्याक्स रिफन्ड। रिफन्ड प्राप्त गर्ने मात्र होइन कमाइ आम्दानिको रेखा माथि जाने बित्तिकै उल्टो आयकर तिर्नु पर्ने हुन्छ। प्रायश ट्याक्स रिफन्ड रकम ह्याण्डसम रकम हो। सरदर परिवारले ५-७ हजारको हाराहारिमा बुझ्छन। उक्त रकम अमेरिकनहरुले कतिले भ्याकेसनका लागि, कतिले गाडी खरिदका लागि, कतिले घर किन्न, कतिले क्रेडीट कार्ड वा अन्य पेमेन्ट तिरनतारनमा खर्च गर्ने गर्दछन भने नेपालिहरुले चाहि सेभिङ्ग गर्दछन उस्तै परे प्रायश नेपालतिरै आफ्ना परिवार र आफन्तका लागि सहयोग सदुपयोग गर्ने गर्दछन। अमेरिकामा ट्याक्स रिफन्डको समय यतिबेला देखि अप्रिलसम्म आर्थिक चहलपहल हुने गर्दछ र ब्यबसाय बढ्ने र खर्च गर्ने कपासिटि पनि ह्वात्तै माथि जान्छ। मतलब ट्याक्स रिफन्डको समय भनेको अमेरिकनका लागि एक्साइटमेन्ट मोमेन्ट भन्दा भयो।