बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनएमा राजनितीक विवाद : के नराम्रो गरेका छन र विदेशस्थित राजनैतिक दलका कार्यसमितीका साथीहरुले ?

बुधबार, माघ २९ २०७६

आरके त्रिपाठी, लण्डनबाट
काठमाडौं । म त बिदेश स्थित राजनैतिक दल यसको कार्यसमितिका साथीहरुले एनआरएनए र यसको आन्दोलन आहवानमा सहयोग गरेकै देख्छु। राजनैतिक दलका कार्यसमिती का साथीहरु हरुले एनआरएनएमा जिम्मेवारी लिन राजनैतिक दलको कार्यसमिती को पदबाट राजिनामा दिनुपर्ने नभए एनआरएनएको कार्यसमिती को सदस्यबाट निस्कासन गर्ने कुरा न्यायोचित हुन सक्दैन। यसो गरियो एनआरएनए धुजा धुजा भई सकिन्छ। यो समयले देखाउने कुरा हो।

पद नलिय पनि मन भित्र भएको राजनैतिकसोच कहिले पनि हट्दैन है साथीहरु । निर्णय लिनुभन्दा पहिले भविष्यमा पर्ने नकारात्मक परिणामले एनआरएनएलाई नै खाला । समयमै हेक्का भया । म आर के त्रिपाठी जहाँ गए पनि राजनैतिक दलको पदमा भए पनि नभए पनि नेपाली कांग्रेस पार्टीको नेता कार्यकर्ता को रूपमा मलाई चिन्ने सबैले ग्रहण गर्दछन । के के न क्रान्तिकारी काम गरें शुद्ध पन ल्याएँ भन्दा यस निर्णयले आफैलाई खाला ।

यो पनि पढ्नुहोस :
राजनीतिक भातृसंगठनमा संलग्न एनआरएनए पदाधिकारीलाई तुरुन्त राजीनामा दिन एनआरएनएको आग्रह, अन्यथा बर्खास्त गर्ने चेतावनी (विज्ञप्तिसहित)

अधिकार प्राप्तीको लागी नेपालका राजनैतिक पार्टी , नेता सांसद कहाँ दिन दिनै धाउने , चियर्स बियर्स गर्ने ‘ मिनेटमै त्यही नेतासंग खिचाएको फोटो पोष्ट गरि सेयर गरी आनन्द लिने, बिमान स्थल आउने बितिकै त्यहि नेताहरुको स्वागत गर्न राजनैतिक दलका कार्यकर्ता भन्दा हामी एनआरएनए कार्यसमिती साथी हरुनै तछाड मछाड गरी एअरपोर्ट पुग्ने ? हामीनै भनौ त राजनिती हामी एनआर एन चलाउनेले गरेका छौं की अरुले। मेरो अनुभवले के देखाउँछ भने मेरो दुई कार्यकाल बेलायतमा महासचिब भई चलाउँदा यहाँ स्थित राजनैतिक दलका अध्यक्ष पदाधिकारी कार्यसमिती कासदस्य हरु राजनैतिक दलका साथीहरुले सहयोग सहभागीता ले एनआरएनए को संगठन दरो र उर्जाशिल बनाएको थिएँ ।

यि राजनैतिक दलका साथीहरुको साथ सहयोग लाई म धन्यबाद पनि दिन चाहन्छु । हालै महासचिब हेमराज शर्मा को नामबाट प्रेशित बिज्ञप्ती पढ्दा यसले सकारालक भन्दा नकारात्मक असर पर्ने मेरो आत्मा देखी ठहर गरेकोले निर्णय सच्चाउन आग्रह गरेछु । यहाँ दार्शनिक एरिष्टोटल लेख्छन राजनैतिक विचार बिनाको मानब मृत प्राय हुन्छ ।
यो लेखकको निजी बिचार हो ।–सम्पादक

प्रतिक्रिया
सम्बन्धित समाचार