बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कोरोना भाइरस अमेरिकाले फैलाएको चर्चा, रुसी मिडियाले सार्वजनिक गर्यो यस्तो तथ्य

आइतबार, माघ २६ २०७६

काठमाडौं । चीनमा महामारीको रुपमा देखिएको कोरोना भाइरसबारे विश्वभर अनेकन तर्क चलिरहेको छ । कोरोना भाइरस उत्पत्तिको पछाडि अनेकन कहानीहरु जोडेर प्रचार भईरहेको छ । यसको साथै सामाजिक सञ्जालहरुमा पनि अनेकन तर्कहरु देखिएका छन् ।

रुसी मिडियाले कोरोना बारे विशेष चर्चा चलाएको छ । रुसी मिडियाका मुख्य टिभी च्यानलहरुमा समाचारको रुपमा कोरोना भाइरसबारेको तथ्यलाई प्रस्तुत गरिएको छ । रुसी मिडियाहरुले कोरोना भाइरस उत्पत्ति र फैलनुको पछाडि अमेरिकाको हात रहेको तथ्य बाहिर ल्याएका छन् ।

प्रमुख रुसी समाचार च्यानल ‘च्यानल वन’मा सार्वजनिक गरिएको एक विशेष रिपोर्टमा कोरोनाको भाइरस सिर्जना गर्नुको पछाडि अमेरिकाको हात रहेको खुलासा गरिएको छ ।

ताज र ट्रम्प अनि कोरोना

रुसी र ल्याटिन भाषामा कोरोनाको अर्थ ‘ताज या मुकुट’ हुन्छ । रुसी टिभी च्यानलले शब्दलाई आधार बनाउँदै कोरोनाको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको विगत जोडेको छ ।

ट्रम्प सौन्दर्य प्रतियोगितामा रहेर सुन्दरीहरुलाई ताज लगाइदिने गर्दथे । सुन्दरीप्रति लालायित ट्रम्पले भाइरस पनि ताज या मुकुटजस्तै बनाएको दाबी टिभि च्यानलकाे छ ।

रुसी टिभी च्यानलमा प्रशारित ‘वेएम्या’ टिभी शो कार्यक्रममा कोरोना भाइरस र ताजबीच स्पष्ट सम्बन्ध रहेको तथ्य खुलाइएको छ । जसमा कोरोना कृत्रिम रुपबाट तयार गरिएको भाइरस भएको तथ्य प्रस्तुत गरिएकाे छ ।

भाइरस अमेरिकी खुफिया एजेन्सी र अमेरिकी औषधी कम्पनीले तयार गरेको दाबी गरिएको छ । टेलिभिजनले विशेषज्ञहरुको अध्ययनको आधारमा कोरोना र अमेरिकाबीचको तथ्य भेटाएको दाबी गरेकाे छ ।

कोरोना भाइरस नश्लीय हतियार ?

टिभी च्यानलले कोरोना भाइरस र यसको संक्रमण फैलाउन अमेरिकाले भूमिका खेलिरहेको बताएसँगै चर्चा फैलाउन पनि योजनाबद्ध लागेको बताएको छ ।

अमेरिकी सरकार र त्यहाँको औषधी कम्पनीले कोरोनाको भ्याक्सिन बनाएर ठूलो मुनाफा कमाउने र चीनको अर्थतन्त्र ध्वस्त पार्न कोरोनाको उत्पत्ति गराएको दाबी टिभी च्यानलको छ ।

जानकारी रहोस्, अमेरिका र चीनबीच केहि वर्षदेखि व्यापार युद्ध छ । अमेरिका चीनको अर्थतन्त्रलाई कमजोर बनाउन निरन्तर प्रयास गरिरहेको छ । चिनियाँ प्रविधि कम्पनीलाई धराशाही बनाउन यसअघि पनि अमेरिकाले विभिन्न बाहानामा प्रतिबन्ध लगाउँदै आएको थियो ।एजेन्सीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार