काठमाडौं(जस)–सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ । शनिबार एन्फा मैदान सातदोबाटोमा भएको दिनको दोस्रो खेलमा जावलाखेलले फ्रेण्ड्स क्लबलाई १—० गोल अन्तरले पराजित गरेको हो । जावलाखेलको जितमा फोडे फोफानाले खेलके ५८ औं मिनेटमा गोल गरेका थिए ।
आजको जितसँगै जावलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौ स्थान कायम गरेको छ । हारपछि फ्रेन्ड्स क्बल १४ अंकमा सिमित रहँदै नवौं स्थानमा छ । शनिबार नै हुने भनिएको मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल भने स्थगित भएको छ । शनिबार ३ बजे सशस्त्र प्रहरीको मैदान हल्चोकमा हुने भनिएको खेल प्राविधिक कारण स्थागित गर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । उक्त खेल आइतबार १ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।
हिमालयन शेपाको जीत
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यायल युथ क्लबलाई हिमालयन शेर्पा क्लबको धक्का लागेको छ । एन्फा कम्प्लेक्स मैदानमा शनिबार भएको खेलमा च्यासल शेर्पासँग ३–२ गोलले पराजित भयो । शेर्पाको जितमा विजय गुरुङले २८औं र ५०औं मिनेटमा दुई गोल गरे । त्रिदेव गुरुङले ३३औं मिनेटमा एक गोल गरेका थिए । च्यासलका हायातु वाकिनोले ३७औं र ८९औं मिनेटमा दुई गोल गरेका थिए । शेर्पा सँगको हारले शीर्ष ६ मा रहन योजना बनाएको च्यासललाई ठूलो धक्का लागेको छ । जितले शेर्पाको रेलिगेसन सम्भावना टरेको छ । शेर्पाका युरिच सिवे म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै ११ खेलबाट १० अंक बनाएको शेर्पा ११औं स्थानमा उक्लिएको छ । १२ अंक बनाएको च्यासल १०औं स्थानमा छ ।