मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

खराब ब्याटिङका कारण ओमानसँग नेपाल पराजित

बुधबार, माघ २२ २०७६

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले पराजित गरेको हो । ओमानले दिएको १९८ रनको लक्ष्य पछाएको नेपाल ४६.५ ओभरमा १७९ रन बनाउदै अल आउट भएपछि नेपालले खेल १८ रनले गुमाएको हो । नेपालका लागि शरद भेस्वाकरले सर्वा्धिक ५५ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ३६ तथा सन्दीप लामिछानेले २८ रन बनाएका थिए । त्यस्तै विनोद भण्डारीले २६ रन बनाए । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा, पारस खड्का ३ रनमा, आरिफ सेख ६ रनमा, रोहित पौडेल र करण केसी शुन्यमा आउट भएका थिए । ओमानका बलर जिशाम मकसुदले ३ विकेट लिए कलीमुल्लाहले २ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउदै १९७ रन बनाएको थियो । ओमानका लागि मोहमद नदीमले सर्वाधिक ६९ रन बनाए भने सन्दीप गोउडले ३३ रन बनाए । त्यस्तै कप्तान जीशान मकसुदले २० रन बनाए भने अकिब इयासले १६ रन बनाएका थिए । त्यस्तै नासीम खुशीले २८ रन बनाए ।
नेपाली बलर करण केसीले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए । करणले ८ ओभरमा ४७ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै सुशान भारीले ३ विकेट लिए । भारीले एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेलको डेभ्यु खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका हुन् । उनले १० ओभरमा १४ रन बनाएर ३ विकेट लिएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए । सन्दीप लामिछाने भने यस खेलमा विकेट विहिन बने । उनले १० ओभरमा एक मेडनसहित ४५ रन दिएका थिए । अब सिरिजअन्तर्गत विहिबार ओमान र अमेरिकाबीच खेल हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार