मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

पीएसजीको फराकिलो अग्रता

बुधबार, माघ २२ २०७६

काठमाडौं(एजेन्सी)–साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानको शीर्ष स्थानमा फराकिलो अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई २–१ गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई जिताउन माउरो इकार्डी र थिलो केहरले गोल गरे । नान्टेसका मोसेस सिमोनले एक गोल फर्काएका थिए । इकार्डीले २९औँ मिनेटमा गोलगर्दै पीएसजीलाई अग्रता दिलाए । केहरले ५७औं मिनेटमा गोलगर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए ।
नान्टेसका सिमोनले ६८औंँ मिनेटमा गोल गरेपनि टोलीको हार टार्न सकेनन् । छातीका चोट लागेर घाइते भएका नेयमारले यस खेल खेलेका थिएनन् । नेयमारको स्थानमा एन्जल डी मारियाले खेलेका थिए । जितसँगै शीर्षस्थानमा रहेको पीएसजी दोस्रो स्थानमा रहेको मार्सेभन्दा १५ अंकले अगाडी छ । पीएसजीको २३ खेलबाट ५८ अंक छ । दोस्रो स्थानमा रहेको मार्सेले ४३ अंक बनाएको छ । मार्सेलीले एक खेल कम खेलेको छ । पीएसजीसँग हारेको नान्टेस ३२ अङ्क सहित १०औँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार