मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

ढोरपाटन महिला भलिबलमा एपिएफ र डायमन्डको लगातार विजयी

शनिबार, माघ १८ २०७६

काठमाडौं(जस)–पन्ध्रौँ संस्करणको ‘ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनशिप’मा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड स्पोस्र्टस क्लब दोस्रो दिनको खेलमा लगातार विजयी भएका छन् । नयाँ बसपार्क्स्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० सेटमा तथा न्यू डायमन्डले चुली क्लबलाई ३–१ सेटमा पराजित गरेको हो ।
एपिएफले आर्मीलाई २५–२२, २५–२२ र २५–१७ अङ्कले हराएको हो । एपिएफ लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि एपिएफले पहिलो खेलमा चुली युवा क्लबलाई ३–० सेटले हराएको थियो । अर्को खेलमा न्यू डायमन्डले चुली क्लबलाई २५–१२, २५–१७ र २५–६ अङ्कले पराजित ग¥यो । डायमन्डको पनि यो लगातार दोस्रो जीत हो । यसअघि डायमन्डले पहिलो खेलमा पारा माउन्टलाई ३–१ सेटले हराएको थियो ।
यसैगरी आयोजक ढोरपाटन स्पोर्टस क्लबले खेलेको दुईवटै खेल जितेको छ । पहिलो खेलमा ढोरपाटनले सेब स्कुललाई २५–१७, २५–२१ र २५–६ अङ्कले पराजित ग¥यो भने दोस्रो खेलमा चुली युवा क्लबलाई २६–२४, २५–१७ र २५–२१ अङ्कले हरायो । यस्तै नेपाल पुलिस क्लबले सेब स्कुललाई २५–११, २५–१४ र २५–११ अङ्कले पराजित गर्यो भने अर्को खेलमा बुलबुले रारा क्लबले पारा माउन्टलाई २५–१२, २५–१६ र २५–१५ अङ्कले हरायो । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा भएको सो प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिता माघ २८ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार, उपविजेताले रु दुई लाख पाँच हजार, तेस्रो हुनेले रु एक लाख पाँच हजार, चौथो हुनेले रु ७५ हजार, पाँचौँ हुनेले रु ५५ हजार, छैठौ हुनेले रु ४५ हजार तथा सातौँ हुने टोलीले रु ३५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उदीयमान, वर्ष खेलाडी र प्लेयर अफ दी सिरिज हुनेले स्कुटर प्राप्त गर्नेछन् । यस्तै एक दर्शक र ग्रेट अचिभमेन्ट अवार्ड विजेतालाई एक एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार