मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

श्रम मन्त्रीसँग एनआरएनए अध्यक्ष पन्तको भेटवार्ता, श्रमीक कल्याणकारी कोषको विषयमा छलफल

बिहिबार, माघ १६ २०७६

काठमाडौं, गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर साह, आइसिसी सदस्य (जर्मनी ) टंक लम्सालसहितको एनआरएनएको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवसँग भेटघाट गरेको छ । भेटमा श्रमिक कल्याणकारी कोष तथा वैदेशिक रोज़गारमा जाने समग्र नेपालीहरुको विविध विषयमा गहिरो छलफल भएको छ ।

भेटमा मन्त्री यादवले गैर आवासीय नेपालीसँग सहकार्य गरेर आफू अगाडि बढ्न चाहेको बताउनुभयो । साथै अध्यक्ष पन्तले वैदेशिक रोजगारीमा देखिएका श्रमीकका हक हितका सवाल र श्रमीकका समस्या समाधानमा एनआरएनएले सक्दो सहयोग गर्ने अवगत गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार