मलेसिया, पेनाङ्ग नेपाल युवा क्लबले भलिबल प्रतियोगिता र “जनउद्धार केन्द्र लभलेन सम्पर्क समितीले भाग्यसाली उपहार कुपन साथै उद्धार केन्द्रको लागि बनाइएको गीत बिमोचन कार्यक्रम सम्पन्न भएको छ । चाईनिज नयाँ बर्षको विदाको समय पारि पेनाङ्गको लिपसिङ्ग भन्ने ठाउमा भब्यताका साथ सम्पन्न भएको हो ।
पिएनवाईसिका अध्यक्ष प्रीतम थापा सभापति रहेको उक्त कार्यक्रममा जनउद्धार केन्द्रका अध्यक्ष केशु थापा प्रमुख अतिथी , वरिष्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ ,सचिब शंकर देब आचार्य, कमल खड्का, बालकृष्ण भन्डारी लगाएत ब्यक्तिहरु अतिथी रहनुभएको थियो । कार्यक्रमा बोल्दै अतिथी शंकर देव आचार्यले आजको दिन अत्यन्तै रमाइलो रहेको र सम्पुर्ण खेलाडी हरुलाई शुभकामना दिदै गर्मीमा आफ्नो स्वास्थको ख्याल गरि संयमित र अनुसाशित भएर खेल खेल्न अनुरोध गर्नु भयो । हिजोसम्म जनउद्धार अभियान मार्फत सबैको मन मनमा बसेको र आजबाट त झन संस्थाले आफ्नै गीत पाएकोले म्युजिकको माध्यम बाट पनि अब सबै नेपाली श्रमिकलाई खुशी पारेको बताउनु भयो ।
भलिबल प्रतियोगिता मा विभिन्न संघसंस्था , समूह र क्लब हरुबाट गरि जम्मा १४ समुहको सहभागिता रहेकोथियो, तीन चरण मा बिभाजन गरिएको कार्यक्रम प्रहिलो चरणमा लभलेन सम्पर्क समिति द्वारा बनाइएको उद्धार गीत बिमोचन तथा हस्तान्तरण भएको थियो केशु थापाले रिबन काटेर बिमोचन गरेको गीत लभलेन का सम्पुर्ण सदस्य ले केन्द्रिय कमिटी लाई हस्तान्तरण गरेका थिए ।
प्रमुख अतिथी केशु थापाले बल सर्भिस गरेर सुरु भएको भलिबल प्रतियोगिता अतिनै रोमान्चक र प्रतिस्पर्धात्मक तरिकाबाट साँझ ६ बजे सम्म चलेको ३ दिनमा सकिएको थियो ।
जनउद्धार केन्द्रको सहयोगार्थ संचालित चिट्ठा कार्यक्रम तेस्रो चरणमा भाग्यसाली उपहार खोलिएको थियो ।