मलेसियामा चाइनिज नयाँ बर्षको अवसर पारेर नेपालका चर्चित कलाकारसहितको १३ औं रिमिक्स धमाका चेम्मेर्लाङ जोहोरबारु मलेसियामा भब्यरूपमा सम्पन्न भएको छ । रिमिक्स धमाकाले विगत २००७ देखि मलेसियाका विभिन्न शहर र स्थानहरुमा रहेका नेपालीलाई नेपाली चर्चित कलाकारहरु ल्याएर मनोरञ्जन दिंदैे आइरहेको छ । यस्तो कार्यक्रमले बिदेशी भूमिमा निकै ठूलो महत्व राख्ने गरेको छ । मलेसियामा १२ वटा रिमिक्स धमाका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको आयोजकले १३ औं रिमिक्स धमाका गरेर यो बर्ष मलेसियामा रहेका नेपालीलाई भरपुर मनारेरञ्जन प्रदान गर्ने लक्ष्य राखेको थियो । चाइनिज नयाँ बर्षमा लामो विदा हुने भएकाले मलेसियाका विभिन्न स्थानमा कार्यक्रम हुँदैछ । गत २६ जनवरीमा पञ्चोर बातुपहाडमा भब्यरूपमा कार्यक्रम सम्पन्न भइनै सकेकाे थियाे भने २८ जनवरीमा होटल ग्राण्ड कन्टिनेन्टल क्वालालम्पुर मलेसियामा समेत भब्यताकासाथ सो कार्यक्रम हुँदैछ । आयोजक भन्छन- ‘आफुलाई पायक पर्ने स्थानमा सम्पुर्ण नेपालीहरुलाई रिमिक्स धमाका कार्यक्रममा पाल्नु भई यो अवसरको भरपुर सदुपयोग गर्नुहुन अनुरोध छ’।
‘यस पटकको रिमिक्स धमाका कार्यक्रमलाई हामीले अघिल्लो वर्षको भन्दा धेरै व्यवस्थित र धमकेदार बनाएका छौं’ आयोजक राजेश श्रेष्ठले जनसवाल राष्टिय दैनिकलाइ बताए–‘पहिले पहिलेको भन्दा पनि यसपालि को बातुपहाडको कार्यक्रम विशेष र भब्य रूपमा सम्पन्न भयो, सबै कलाकारहरूको सुन्दर प्रस्तुतीले उपस्थित सबै नेपालीले भरपुर मनोरन्जन लिन पाएका थिए ।’
यस बर्ष नेपालबाट समावेशी हिसावले कलाकारहरुलाइ निमन्त्रणा गरिएको थियो । सोही बमोजीम- प्रमोद खरेल, रामजी खाँड, एलिना रायमाझी, बिबेक लामा र चर्चित हट एण्ड सेक्सी थारु, भोजपुरी गायिका तथा मोडल अन्जु कुश्मी (फुलकुमारी) गरि ५ जना कलाकारहरको बेजोड प्रस्तुती रहेको थियो ।
कार्यक्रममा मलेसियालाई कर्मथलो बनाएका स्थानीय कलाकारहरुको पनि सक्रिय सहभागिता रहने छ । आयोजक श्रेष्ठ भन्छन्–‘स्टेज शो किङ प्रमोद खरेलको बेजोड प्रस्तुति रहेको थियो भने लोक संगीतका धरोहर रामजी खाँडको समय सापेक्ष दोहोरी, त्यसै गरि बिबेक लामाको विशेष प्रस्तुतिको साथै मैथिली, भोजपुरी, थारुलगायतका समुदायलाई समेट्न अन्जु चौधरीको विशेष प्रस्तुति र नेपाली चलचित्र जगतकी उदयीमान नायिका एलिना रायमाझीको धमकेदार प्रस्तुति रहेको थियो ।’