मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

भारतलाई टी–२० शृङ्खलामा २–० को अग्रता

आइतबार, माघ १२ २०७६

काठमाडौ(एजेन्सी)– लगातार दोस्रो खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै भारतले टी–२० शृङ्खलामा २–० को अग्रता बनाएको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ३३ रनको मध्यम लक्ष्यलाई भारतले मात्र ३ विकेटको क्षतिमा १५ बल बाँकी छँदै पछ्यायो । भारतलाई जित दिलाउन केएल राहुलले सर्वा्धिक ५७ रनको योगदान दिए । उनले यसक्रमा दुई छक्का र ३ चौका हिर्काए । उनलाई ४४ रन बनाएका श्रेयस ऐयरले राम्रो साथ दिए ।
कप्तान विराट कोहलीले ११ रन बनाउँदा रोहित शर्मा ८ रनमा आउट भए । न्युजिल्याण्डका लागि टीम साउथीले २ विकेट लिए । यसअघि, न्युजिल्याण्डले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि मार्टिक गुप्टिल र टीम सेफर्टले समान ३३–३३ रनको योगदान दिए । कोलिन मुनरोले २६ रन बनाए । भारतका लागि रवीन्द्र जडेजाले २ विकेट लिए । पाँच खेलको शृङ्खलाको तेस्रो खेल बुधबार ह्यामिल्टनमा खेलिनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार