एनआरएनएका सह-काेषाध्यक्ष लाेक दाहाल सम्मानित

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाबाट काठमाडौंमा रहि विभिन्न पेशा व्यविसाय गर्दै आईरहेका हरुकाे संस्था गंगाजमुना काठमाडौं सम्पर्क समाजले समाजसेवी लाेक प्रसाद दाहाललाई सम्मान गरेकाे छ ।

बेल्जियम बस्दै आएका एनआरएनएका सह-काेषाध्यक्ष गंगाजमुना गाउँपालिका स्थित बुढाथुमका लाेक प्रसाद दाहाललाई शनिबार एक समारोहका बीच सम्पर्क समाजले सम्मान गरेकाे हाे ।

०७२ काे भुकम्प गए देखि धादिङको समाजसेवामा प्रत्यक्ष देखिने गरि समाज सेवामा देखिएका दाहाल त्याे भन्दा पहिला पनि स्वास्थ र शिक्षा क्षेत्रकाे लागि नेपालका विभिन्न जिल्लाहरु पुगि सकेका थिए ।

सम्पर्क समाजका अध्यक्ष कुमार अधिकारीकाे सभापतित्वमा भएकाे सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद जगत सिखडाले दाहालकाे प्रशंषा गर्दै गैर आवासीय नेपालीहरुकाे मातृभुमी प्रतिकाे माया र सद्भावलाई धन्यावाद दिएका थिए ।

मरेर लाने केही हैन कमाएकाे केही प्रतिशद रकम समाज सेवामा लगाउनु सक्नु व्यक्तिको महानता भएकाे बताउँदै सांसद सिखडाले समाज सेवाकाे साथमा नेपालमा व्यवसायीक लगानी बढाउन समेत आग्रह गरेका थिए ।

सम्माान ग्रहण गर्दै सह-काेषाध्यक्ष दाहालले आफु बेल्जियम बस्दै अएपनि सेवाभाव र विकास आफ्नै मातृभुमी नेपालकाे हाेस भन्ने चाहेकाे बताएका थिए ।