मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

सुआहाराको सहकार्यमा सल्यानको एक गाउँपालिकाले कुपोषण हटाउने अभियान, उपाध्यक्षलाई गर्यो पोषण दूत चयन

शनिबार, माघ ११ २०७६

सल्यान । जिल्लाको एक गाउँपालिकाले कुपोषण हटाउन अभियान शुरु गरेको छ । पोषणमा सुधारका लागीे त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधि लगायत सरोकारवालाहरुले सामुहिक प्रतिबद्दता जनाएका छन् । दुइ वर्ष मुनिका बालबालिका र आमाको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरि कुपोषण हटाउने अभियान थालेको गाउँपालिकाले जनाएको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले त्रिवेणी गाउँपालिकालाई पुर्ण पोषणयुक्त बनाउने लक्ष्यका साथ गाउँपालिका भित्रका प्रत्येक घरमा पुर्ण पोषण युक्त खाना खाने बानी बसाल्न अभियान थालिने बताउनु भयो ।

यस अभियानलाई सफल बनाउन सबैले आजकै दिन बाट लाग्नु पर्छ उहाँले भन्नुभयो, ‘सबैले आफैबाट शुरुवात गरेपछि असम्भव भन्ने केही छैन् । गाउँमा उत्पादन हुने भट्ट बेचेर सोयाबीन खाने होइन, आफैले उत्पादन गरेको मकै भटमास खाए पनि पोषणमा सुधार ल्याउन सकिन्छ ।’ उहाँले अर्गानिक उत्पादन बढाउने र बाहिरबाट आयात हुने सामाग्री घटाउने अभियानमा गाउँपालिका जुटेको बताउनु भयो ।

यस अभियानलाई सफल बनाउन दलित विकास समाजको साझेदारीमा संचालित सुआहारा कार्यक्रमसंग सहकार्य गरेर १००० दिने बच्चा र महिलाहरुको पोषण सुधारका लागी आवश्यक विभिन्न नीति तथा कार्यबिधिहरु बनाई कार्यान्वयन गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष नै पोषण दुत
माघ ७ र ८ गते दुई दिनसम्म संचालन भएको एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रममा दिगोपना सुनिश्चितता कार्यशाला गोष्ठिमा आम मानिसको पोषण सुधारका लागी गर्भवती अवस्था देखि नै बिशेष ध्यान पु¥याउनु पर्ने भएकाले गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाका उपाध्यक्ष करुणा खड्कालाई पोषण दुत घोषणा गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकीले जानकारी दिनुभयो ।

गाउँपालिकाका ग्रामीण क्षेत्रका आमाहरुलाई ‘सुनौला हजार दिन’ को महत्व, स्वस्थ र पोषणयूक्त हुनको लागी गरिने असल बानी व्यबहार र नियमित स्वास्थ्य चेकजाँचको महत्व बारे शिक्षा दिन गाउँपालिका उपाध्यक्षलाई पोषण दुतको जिम्मेवारी दिइएको छ ।
पालिकाको पोषण दुतको रुपमा जिम्मेवारी लिदै गाउँपालिका उपाध्यक्ष तथा पोषण दुत करुणा खड्काले ‘सुनौला हजार दिन’ को अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले गर्भ रहे देखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, नियमित आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन, बच्चाको नियमित बृद्धि अनुगमन र विभिन्न खोप लगाउने बारे पनि ग्रामीण क्षेत्रमा बुझाउँदै जाने बताउनु भयो । उहाँले गाउँघरमा अझै पनि महिलाहरुले पोषणयुक्त खान नजानेकाले स्वास्थय सम्बन्धी समस्या आउने गरेको बताउनुभयो ।


कार्यशाला गोष्ठिमा पालिका भित्रका विषयगत शाखा (शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृषि, पशु र महिला तथा वालबालिका) अन्तर्गत भएका बिभिन्न प्रगती साथै आगामी योजनाहरुको वारेमा शाखा प्रमुखहरुद्धारा प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले गाउँपालिकाले पोषण सुधारको लागी आवश्य ऐन, नीति तथा कार्यविधिहरु तयार गरि सोही अनुसारका क्रियाकलापहरुको योजना गरि कार्यान्वय गरिने जानकारी गाराउनु भयो । उहाँले पोषण सुधारका लागी सुआहारा कार्यक्रमले खेलेको भुमिकाको प्रशँसा गर्दै यस कार्यशाला गोष्ठिको निश्कर्षले स्वास्थ्य र पोषणको क्षेत्रमा आगामी दिनमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन सहयोग हुने बताउनु भयो ।
यस्तै सुआहारा सल्यानका कार्यक्रमका कार्यक्रम संयोजक अमृत पौडेलले नेपाल सरकारको बहु क्षेत्रीय पोषण योजनाको मार्ग दर्शन अनुसार सुआहारा कार्यक्रम सञ्चालनमा रहेको बताउनु भयो साथै त्रिबेणी गाउपालिकासँग सहकार्य गर्दै पालिका भित्र बसोवास गर्ने आमनागरिहरुको पोषण सुधारमा पालिकाको सहयोगी विकास साझेदारको रुपमा काम गर्दै समग्रमा नेपाल सरकारले लिएको लक्ष्य अनुसार स्वास्थ्य, पोषण, सरसफाई र कृषिका सुचकहरुमा सुधार गरि दिगो विकास लक्ष्य हासिल गर्नमा सहयोग गरिरहेको बताउनु भयो ।


कार्यक्रममा साझेदार सस्ंथा दलित बिकास समाज (डिडिएस) सल्यानका अध्यक्ष निम बहादुर नेपालीले सुआहारा कार्यक्रमको समयाबधि सकिए पछि पनि यस गाउपालिकामा सस्ंथाद्धारा संचालन भैरहेका अन्य कार्यक्रम÷परियोजनाहरुको कार्यान्वयनको शिलशिलामा सुआहारा कार्यक्रम अन्तर्गत भएका उपलब्धिहरु, असल अभ्यासहरुलाई दिगो रुप दिनका लागि नियमितरुपमा सहयोग गरिरहने वताउनु भयो ।
त्रिवेणी गाउपालिका स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले संचालन गरेको कार्यक्रमका सहभागी सबै जनप्रतिनिधिहरु लगाएत सरोकारवालाहरुले पालिकाको स्वास्थ्य तथा पोषण सुधारका लागी बहुक्षेत्रगत रुपमा गरिने बिबिध क्रियाकलपहरु, नीतिमा सुधार गर्न सकिने आवश्यक बुदाँहरु सहितको प्रतिवद्धता पत्र पनि जारी गरिकोछ । सो कार्यक्रममा सुआहारा दांगका कार्यक्रम संयोजक सुरज कुमार शर्मा लगायतकाले बोल्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार