बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी

बिहिबार, माघ ९ २०७६

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् ।

बिहीबार भएको निर्वाचनमा श्रेष्ठले तीन हजार चार सय ६२ मत ल्याएर विजयी भएका हुन् । काँग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याएर पराजित भएका छन् ।

नेकपाले गण्डकी प्रदेशमा अन्य समुहबाट श्रेष्ठलाई उम्मेदवार बनाएको थियो ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

गण्डकी प्रदेशबाट नेकपाकी महिला तर्फकी उम्मेदवार भगवती न्यौपाने पनि विजयी भएकी छन् । न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याएर विजयी भएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार