लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुने दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोवरमा हुने भएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो । पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भए पछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो ।
काठमाडौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास डा शर्माको छ । यसैबीच संघको एक टोलीले बुधवार काठमाडौं विश्वविद्यालयका उपकुलपती, डिनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसंग छलफल गरेको छ ।
संघका पदाधिकारीसहित काठमाडौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धीमुलक बनाउन घनिभुत छलफल भएको महासचिव डा. शर्माले जनाए । संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, महिला संयोजक भूमा लिम्बुलगायतको उपस्थिति थियो । यसअघि संघले एनआरएन विज्ञ सम्मेलन वारे परराष्ट्रमन्त्रालय लगायत नेपाल सरकारका उच्चअधिकारीसंग छलफल गरेका थियो ।