मुम्बई(एजेन्सी)–गत शुक्रबार बलिवुडमा रिलिज भएको अजय देवगनको फिल्म तानाजीले सय करोड कमाई गरेको छ । तानाजीले रिलिजको छैठौ दिन बुधबार १५ करोड कमाई गरेर बक्स अफिसमा शानदार प्रदर्शन गरेको छ । तानाजीले अहिलेसम्म १०५ करोड ९६ लाख कमाई गरेको छ । अजयको तानाजीले बक्स अफिसमा तीन दिनमा तनाजीले ६१ करोड ७५ लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले सोमबार १३ करोड ७५ लाख, मंगलबार १५ करोड २८ लाख कमाई गरेको थियो । अजयको तानाजीले महाराष्टमा राम्रो कमाई गरेकाले दर्शकको उत्साहजनक उपस्थितिले छपाक ओझेलमा परेको फिल्म विश्लेषकहरुले बताएका छन् ।