शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सामाजिक सुरक्षा सफल बनाउन अगाडि बढिरहेका छौं : कार्यकारी निर्देशक ज्ञवाली

मंगलबार, पुष २९ २०७६

काठमाडौ । सरकारले केही समयअघि मात्र सामाजिक सुरक्षा योजना ल्याएको छ । यसबीच केही निजी व्यावसायिक प्रतिष्ठानहरुबाट सुरक्षा योजनाका विषयमा केही विरोधहरु समेत आइरहेको सन्दर्भमा मंगलबार सञ्चारकेन्द्र नेपालले “सामाजिक सुरक्षा कोष ः भ्रम र वास्तविकता” विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालले सञ्चालनमा ल्याएको सञ्चार केन्द्र नेपालको हलमा आयोजना भएको कार्यक्रममा बोल्दै राष्ट्रियसभाका सदस्य राम नारायण विडारीले सामाजिक सुरक्षा ऐन संविधानको पालना भएको भएपनि केही व्यक्तिहरुले यसलाई असफल पार्न प्रयत्नशील रहेको बताए ।
सामाजिक सुरक्षासम्बन्धी करको विषयमा, धेरै तलब खाने कर्मचारीहरुको बीचमा केही अप्ठ्याराहरु रहेका भएपनि सामाजिक सुरक्षा योजना आकर्षक योजना भएको बताए । पछिल्लो समय विभिन्न सरकारी स्वामित्वका कार्यालय र बैंक तथा वित्तिय क्षेत्रका अधिकारीहरुले आफूँखुसी नियम बनाएर मनोमानी रकम लिँदै आएकाहरुलाई मात्र अप्ठ्यारो पर्ने भएकाले सामाजिक सुरक्षा योजनामा नजान अस्थायी र ज्यालादारी कर्मचारीहरुलाई उछालेको आरोप लगाए । उनले भने –‘अस्थायी र ज्यालादारी कर्मचारीहरुलाई विभिन्न डर त्रास देखाई सामाजिक सुरक्षा स्किमप्रति भ्रमपूर्ण सन्देश फैल्याउँदा त्यस्ता कर्मचारीहरु अन्योल परेका छन् ।’ तर उनले अस्थायी र ज्यालादारी कर्मचारीहरु समेत सामाजिक सुरक्षा योजनाको हकदार भईरहने कानुनमै स्पष्ट भएको दाबी गरे ।
देशमा नयाँ स्किम आउँदा विरोध हुने भन्दै उनले भ्याट लागू हुने बेलामा समेत केही अवैध काम गर्ने उद्योगी, व्यापारीहरुले अफवाह फैल्याएका थिए भ्याटका विषयमा जस्तै केही व्यक्तिले अन्योलता फैल्याउने कोसिस गरिरहेको भएपनि सामाजिक सुरक्षा योजनासम्बन्धी योजना सामान्य मान्छेहरुका लागि ठीक भएको जिकिर गरे ।
सामाजिक सुरक्षासफल बनाउन अगाडि बढिरहेका छौं ः कार्यकारी निर्देशक ज्ञवाली
कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले पछिल्लो समय बजारमा सामाजिक सुरक्षासम्बन्धी हल्लाहरु फैल्याइएकोमा आपत्ति जनाउँदै यथार्थतमा गएर आफूँहरुको आलोचना गर्न सुझाव दिए ।
उनले विश्वका शक्ति राष्ट्रहरु अमेरिका युरोपहरुमा रहेका हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीले समेत सामाजिक सुरक्षाको फाइदाहरु लिइरहेको जनाउँदै अन्तराष्ट्रिय सामाजिक सुरक्षाको अवधारणा अनुसार नेपालमा पनि सामाकि सुरक्षा ऐन तर्जुमा गरी कानूनी रुपमा नै सामाजिक सुरक्षा कार्यक्रमलाई अघि बढाइएको बताए ।
विकसित मुलुकहरुमा १३० वर्ष अगाडि देखि सामाजिक सुरक्षा योजना लागू भएको भन्दै उनले नेपालमा भर्खरै आएको सामाजिक सुरक्षा योजनाहरुमा सबैको साथ र सहयोग हुनु जरुरी भएको बताए ।
सामाजिक सुरक्षा कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार वटा स्किमहरु ल्याएको छ । तर सामाजिक सुरक्षा कोषको स्किमहरु अहिलेकै अवस्थामा थेग्न सक्दैन भन्ने कुराहरु बाहिर फैल्याइएको भएपनि सामाजक सुरक्षासम्बन्धी स्किमहरु प्रभावकारी र आकर्षक रहेको दाबी गनुभयो । उनले हालसम्म १ लाख ३८ श्रमिक र १२ हजारभन्दा बढी संघ सस्थाहरु समेत सामाजिक सुरक्षा कोषमा सहभागि भइसकेकोमा ठुलो मात्रामा रोजगारी सिर्जना गर्दै आएको कम्पनीहरु समेत सामाजिक सुरक्षा कोषमा सहभागि भएको दाबी गरे ।
कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक सुरक्षा कोषमा प्रशिक्षार्थी कामदारहरुसमेत कोषका सहभागि भएको जानकारी गराउँदै यसभन्दा अगाडि ३ महिनाका लागि प्रशिक्षार्थीका रुपमा कामदार राख्दै आएकोमा हाल ६ महिनाका लागि कामदार राखेर कोषमा सहभागि भएकाले सामाजिक सुरक्षा कोषका स्किमहरु आकर्षक रहेको दाबी गर्दै यसलाई सफल कार्यान्वयन गराउन आफूँहरु लागि परेको बताए ।
कार्यक्रममा बैंकर संघका सिइओ अनिल शर्माले सामाजिक सुरक्षा कोष आफूँहरुको आपत्ति नभएको भन्दै सामाजिक सुरक्षा योजना अन्र्तगत केही कन्फ्युजहरु आफूहरुमा रहेका बताए । उनले निजी क्षेत्रको कर्मचारी र निजामति क्षेत्रका कर्मचारीबीच विभेद भएको कर्मचारी तहबाट गुनासो आएकाले सामाजिक सुरक्षा कोषलाई यस विषयमा जानकारी गराईसकेकाले कोषले छिट्टै यससम्बन्धमा निष्कर्ष निकाल्नेमा आफुँ आशावादी रहेको बताए ।
उनले सामाजिक सुरक्षा कोष निजी क्षेत्रका लागि नयाँ योजना भएकाले यससम्बन्धी आफुँहरु गृहकार्यमा जुटेको भन्दै यसम्बन्धी आफूँहरु नियमित छलफलमा रहेको बताए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंले पछिल्लो समय सरकारले ल्याएको सामाजिक सुरक्षासम्बन्धी योजनाहरु समग्र श्रमिकहरुको हक हितमा भएकाले यसलाई प्रभावकारी ढँगले कार्यन्वयन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखे । त्यसैगरी कार्यक्रममा टे«ड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्र कार्की, वरिष्ठ अधिवक्ता रमेश वडाल, सामाजिक सुरक्षा कोषका निर्देशक रोहित रेग्मीलगायतका वक्ताहरुले आफ्नो सान्र्दभिक भनाई राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार