शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्राइम कमर्सियल बैंक साधारणसभाद्धारा लाभांश प्रस्ताव पारित

आइतबार, पुष २७ २०७६

काठमाडौं (जस)–प्राइम कमर्सियल बैंकको विशेष साधारण सभाबाट नयाँ विकास बैंकलाई प्राप्ति गर्ने र सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न बाह्रों वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ति गर्नै बिशेष प्रस्ताव पारित गरेको हो ।
बैंकको चुक्तापुँजी १४ अर्बभन्दा माथि पुग्ने बैंकले जनाएको छ । बैंकले गत महिना मात्रै कन्काइ डेभलपमेन्ट बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार समेत गरिसकेको छ । कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने गरी बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या १९९ हुने बैंकले जनाएको छ । बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लागि आपनो शेयरधनीहरुलाई समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले सभामा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार