मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एमएम कपमा कर्णालीमाथि प्रदेश २ को शानदार जित

बिहिबार, पुष २४ २०७६

काठमाडौं(जस)–सुनसरीमा जारी एमएम कपमा प्रदेश २ ले कर्णाली प्रदेशलाई ८ विकेटले परजित गरेको छ । विहिबार सम्पन्न खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछाएको प्रदेश २ ले २२.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । प्रदेश २ का लागि हसिम अन्सारीले अविजित ८० रन बनाए भने सुरज पटेलले ३३ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले ३१.५ ओभरमा अल आउट हुदै १२९ रन मात्र बनाएको थियो ।
कर्णालीका लागि रविन्द्र शाहीले सर्वा्धिक ४६ रन बनाए भने दिवान पुनले २३ र प्रकाश जैसीले १५ रन बनाए । प्रदेश २ का बलर महबुब आलमले ३ विकेट लिए भने हरिशंकर शाह र अदिल अन्सारीले २–२ विकेट लिए । यो संगै कर्णाली लगातार दुई खेलमा पराजित भएको छ भने प्रदेश २ ले विजयी शुरुवात गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार