सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बिएल मिडिया प्रालिले ल्यायो ब्राण्डिङको क्षेत्रमा नयाँ शो, यस्तो हुनेछ कार्यक्रम

बुधबार, पुष २३ २०७६

अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रालिले ब्राण्डिङको क्षेत्रमा एउटा नयाँ शो सञ्चालन गरेको छ।

‘ब्राण्ड स्टोरी’ नाम दिइएको यस शो मा कुनै पनि नेपाली ब्राण्डहरूको समग्र जीवन कथा भनिने छ । ब्राण्ड कम्पनी पनि हुन सक्छ वा कुनै कम्पनीको उत्पादन वा सेवा मात्र पनि हुन सक्छ।

‘यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन् । ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा के कस्ता उतारचढावहरू आए, कसरी त्यसको ब्राण्डिङ गरियो? यी सबैको उत्तर त्यस कथामा हुनेछ’, शोको परिकल्पनाकार मुना श्रेष्ठले भनिन्।

लामो समय विज्ञापन क्षेत्रमा बिताएकी श्रेष्ठले नेपाली उत्पादनलाई विश्वबजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन यो सो अत्यान्त आवश्यक रहेको बताइन्।

‘नेपालकै ब्राण्डिङ त नभएको अवस्थामा यसका कम्पनी र उत्पादनहरूको खासै ब्राण्डिङ नहुनु स्वभाविकै हो। तर, अब नेपाली ब्याण्डको पनि ब्राण्डिङ हुन आवश्यक छ’, उनले भनिन्।

यस शोलाई एक फरक खाले शो बनाउन लागि परेकी श्रेष्ठ भन्छिन्, ‘नेपाल आफैंमा एक ठूलो ब्राण्ड हो। यसका अनकौ फिचर छन्। तर, हामीले यसलाई विश्वसामू राम्ररी ब्राण्डिङ गर्न सकेका छैनौं। यदि हामीले गर्न सकेको भए वर्षमा २० लाख पर्यटक भित्र्याउन नेपाल भ्रमण वर्षको अभियान सञ्चालन गर्नुनै पर्ने थिएन।’

नेपालमै पहिलो पटक ब्याण्ड स्टोरी सो को सुरूवात ब्रेकएनलिङ्सले गर्न लागेकोमा यसको अवधारणा सुनेरै नेपाली एड गुरू अभय पाण्डे खुशी छन्।

‘मानिसको कथाजस्तै हरेक ब्राण्डको पनि आफ्नो कथा हुन्छ। त्यही कथा भन्ने रहेछ द ब्राण्ड स्टोरीले,’ पाण्डेले यो अवधारणाले नयाँ सिर्जना गरेको भन्दै अगाडि भने, ‘म यो शो को प्रतिक्षा गर्नेछु, मलाई लाग्छ यो एउटा सफल र सिर्जनात्मक शो हुनेछ। र दोहोर्‍याएर भन्छु, यो सो नेपालमा पहिलो सो हो।’

प्रा. डा. कुन्दनदत्त कोइरालाले नेपाललाई नयाँ युनिक सेलिङ पोइन्ट दिएर ब्राण्डिङ् गर्न जरूरी रहेको औल्याए।

‘नेपाललाई सगरमाथाको देश, वुद्धको देश, वीर गोर्खाको देश भन्नु नेपालको परम्परागत ब्राण्डिङ गर्ने प्रयास हो। अब नेपाललाई नयाँ युनिक सेलिङ पोइन्ट दिएर ब्राण्डिङ् गर्न जरूरी छ’, उनले भने।

नेपालमा राष्ट्रिय स्तरका मात्र हैन, अन्तर्राष्ट्रिय स्तरका पनि थुप्रै ब्राण्ड भएको बताउँदै अर्यालले अगाडि भने, ‘वाइवाइ, एनसेल, एनटीसी, सीजी, पञ्चकन्या नेपालका स्थापित ब्राण्ड हुन्। यिनीहरूको ब्राण्ड भेल्यू पनि ठूलै छ।’

उनले अब नेपाली उद्यमीले पनि ब्राण्डमा लगानी गर्ने बेला भइसकेको बताए।

मार्केटिङको संसारमा एउटा बहुचर्चित भनाइ छ, ‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन।’ नेपाली उद्यमी व्यवसायीहरूसँग पनि उम्दा ब्राण्ड त छ, तर त्यसको बारेमा बोलिएको छैन। त्यो बोल्ने प्लेटफर्म मिलेकाले नेपाली उद्यमी व्यवसायीले यसको उपयोग गर्ने अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार