शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

आईजीपीको ठाडो आदेशपछि १५ सय जनाको घरजग्गा कब्जा गर्ने राजपा केन्द्रीय सदस्य रामबाबु यादव पक्राउ !

बुधबार, पुष २३ २०७६

काठमाडौँ । केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्रेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको हो ।यादवलाई नयाँ शक्तिको तर्फबाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका सञ्जय रौनियारसँग मिलेर सर्लाहीका नागरिकको घरजग्गा आफ्नो नाममा लिने गरेको आरोप लागेको छ । यादव र रौनियारबाट १५ सय जना पीडित रहेको स्थानीयले बताएका छन् ।

पीडितको गुनासोपछि प्रहरी प्रमुख सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई दुवैजनालाई पक्रेर कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।सर्लाहीको बरहथवा नगरपालिकाको चुनावमा यादव तेस्रो भएका थिए । यादव र रौनियारले ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको भन्ने सर्लाहीका पीडितहरूले गृह मन्त्रालयमा गुनासो गरेका थिए।

काठमाडौंमा आएका पीडितहरुले मंगलबार नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास खुमलटार पुगेर आफ्नो समस्या सुनाएका थिए।
यसअघि सर्लाहीकै श्याम परदेशीले करिब ५ सय जनालाई मिटर ब्याजमा ऋण दिएर करोडौं रकम ठगी गरेको घटना सार्वजनिक भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार