साउदी अरब / नेपाल भ्रमण बर्ष २०२० लाई भब्यताका साथ सफल बनाउन र साउदीअरबबाट अत्याधिक मात्रामा साउदी लगायत अन्य देशका अरबिक नागरिकहरुलाई पर्यटकको रुपमा नेपाल भित्र्याउन नेपाली राजदूतावास रियादले साउदीअरबमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाहरुलाई सहकार्य तथा सहयोगको लागि अनुरोध नेपाली राजदुतावास रियादले Visit Nepal 2020 को भब्य कार्यक्रम क्राउन प्लाजामा आयोजना गरेको छ ! सो कार्यक्रममा ८० जना ट्राभल्स एजेन्सीका प्रतिनिधिहरु, सगरमाथा चढेका ३ जना साउदी नागरिक,पत्रकारहरु र एनआरएनहरुको सहभागीता रहेको छ! इतिहाड,जजिरा,सलाम,फ्लाइ दुबई,हिमालयन एयरलाइन्सले निशुल्क टिकट चिठ्ठाद्वारा बितरण गरेको छ।

त्यसै बिषयमा पटक पटक बसेको छलफल र दूतावासले संस्थागत रुपमा पठएको ईमेलको आधारमा नेपाल भ्रमण बर्ष २०२० लाई भब्य रुपमा सफल बनाउन र साउदीअरबबाट अत्याधिक मात्रामा साउदी नागरिक लगायत अन्य देशका अरबिक नागरिकहरुलाई नेपालको बारेमा सक्दो प्रचारप्रसार र जानकारी दिएर पर्यटकको रुपमा नेपाल भित्र्याउनको लागि पहल गर्न दूतावासले उपलब्ध गराएको डिजाइन अनुसार नेपाल सम्बन्धी सम्पूर्ण जानकारीहरु रहेको १२ पेजको अरबिक भाषामा लिखित ५,५०० प्रती ब्रोसर साउदीअरबमा कृयाशिल ३ वटा संघ-संस्थाहरु १) नेपाली जनसंपर्क समिती साउदीअरब २) काभ्रे सेवा समाज साउदीअरब ३) अनेसास साउदी च्याप्टरले सामुहिक रुपमा ब्रोसर छपाइ आज तीन वटै संस्थाको पदाधिकारीहरुले संयुक्त रुपमा नेपाली राजदूतावास रियादका राजदूत, नियोग उपप्रमुखलगायत अन्य दूतावासका पदाधिकारीहरुको रोहबरमा हस्तान्तरण गरियो ।

नेपाल भ्रमण बर्ष २०२० लाई भब्यताका साथ सफल बनाउन र अत्याधिक मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन सबैले आफ्नो आफ्नो ठाउँबाट सकेको कोशीस गरौँ, पहल गरौँ, नेपाल सम्बन्धी जानकारीहरु गराऔँ र २०२० मा धेरै भन्दा धेरै पर्यटकहरु नेपाल पठाएर नेपाल भ्रमण बर्ष २०२० लाई सफल पारौँ ।

