सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’ आजदेखि

मंगलबार, पुष २२ २०७६

काठमाडौं (जस)–नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म ’विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउनेछन् ।
सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउनेछ । त्यसैगरी, एसडीटी डायग्नोसिसमा उहाँहरुले ५० प्रतिशत पाउनेछ । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट हुने जनाएको छ । सुजुकीको ’विन्टर फ्रि सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार