सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लिभरपुल र चेल्सी एफए कपको चौथो चरणमा

सोमबार, पुष २१ २०७६

काठमाडौं(जस)–लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनलाई १(० गोल अन्तरले पराजित गर्दै लिभरपुल एफए कपको चौथो चरणमा पुगेको हो । लिभरपुलको जितमा युवा खेलाडी कर्टिस जोन्सले गोल गरेका थिए । १८ बर्षिय जोन्सले खेलको ७१औ मिनेटमा गोल गर्दै लिभरपुललाई जिताएका थिए ।
लिभरपुलले एफए कपलाई कप प्राथमिकता दिदै आफ्नो मुख्य टिमलाई यस खेलमा खेलाएको थिएन तर युवा टिम समावेश गरिएको यस खेलमा लिभरपुलले एभर्टनमाथि दबाब बनाउदै जित निकाल्न सफल भएको छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा चेल्सीले नटिंगघम फरेष्टलाई २–० ले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार