अस्मिता तिवारी
काठमाडौं(जस)(प्रिभेन्ट क्यान्सर नेपालले क्यान्सरको रोकथामका लागि सहयोग गरेको छ । संस्थाको प्राविधिक सहयोगमा शनिबार काठमाडौं क्षेत्र नम्बर ४ सांसद कार्यालयको तथा महिला सशक्तिकरण समाजले आयोजना गरेको स्तन क्यान्सरको निशुल्क पुर्व परिक्षण शिविर सफल रूपमा सम्पन्न भएको छ । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काङ्ग्र्रेसका सांसद गगनकुमार थापाको विशेष उपस्थिती रहेको थियो ।
सोही क्षेत्रका महिला स्वास्थ्य स्वयम सेविका तथा महिला सशक्तिकरण समाजका सदस्यहरुको उच्च सकृयातमा संचालन भएको उक्त परिक्षणबाट जम्मा एक सय पचासी जना महिलाहरुले सेवा लिएका थिए । महिलामा हुने क्यान्सरको उच्च जोखिम्युक्त क्यान्सरमा स्तन क्यान्सर अग्रस्थानमा पर्ने हुनाले सो क्षेत्रमा ३० देखी ६० वर्ष सम्मका महिलाहरुमा स्तन क्यान्सरको निशुल्क परिक्षण गराइएको हो भन्ने जानकारी महिला सशक्तिकरण समाजकि अध्यक्ष अनिता ढुंगाना शाहले दिइन ।

कार्यक्रमको प्राविधिक सहयोगि संस्था प्रिभेन्ट क्यान्सर नेपालका संस्थापक डा.गजानन्द प्रकाश भण्डारीले ‘आइ–ब्रेष्ट इक्जाम’ नामक नेपालका लागि नौलो अनि नयाँ प्रविधीबाट स्तन क्यान्सरको परिक्षण भइरहेको जानकारी दिए । ‘आइ–ब्रेष्ट इक्जाम’ भन्ने प्रविधीबाट सानो भन्दा सानो ३ mm सम्मको गिर्खा अथवा लुम्साहरु पत्ता लाग्ने हुनाले उक्त प्रविधी परिक्षण्का लागि एकदमै प्रभावकारी रहेको पनि उनले बताए ।
प्रिभेन्ट क्यान्सर नेपालले काठमाडौं उपत्यकाका बिभिन्न स्थानहरुमा स्तन क्यान्सर तथा पठेघरको मुखको क्यान्सरको निशुल्क पुर्व परिक्षण शिविरहरु सन्चालन गर्दै आइरहेको छ । शिविरबाट लाभान्वित महिलालाई यस संस्थाले अनुशरण गर्दै थप उपचारको ब्यवस्था पनि गर्दै आइरहेको छ । मुखको क्यान्सर, स्तन क्यान्सर तथा पठेघरको मुखको क्यान्सरको रोकथामलाई उच्च प्राथमिकता दिएको यस संस्थाले देश ब्यापी रूपमा यिनै क्यान्सर सम्बन्धित कार्यक्रम चलाऊन नेपाल सरकार लगायत स्थानिय निकायसँग समन्यव गर्दै आइरहेको पनि यसै संस्थाले जानकारी दिएको छ । नीति वकालत, जन जागरूकता, सेवा वितरण र अनुसन्धान मार्फत नेपालमा क्यान्सर कम गर्ने अभियानका साथ प्रिभेन्ट क्यान्सर नेपाल सक्रिय रूपमा अगाडि बढिरहेको छ ।