काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, लहान सिराहाका इन्जिनियर र सब इन्जिनियरलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले इन्जिनियर नविनकुमार साह र सव-इन्जिनियर विरेन्द्रकुमार साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बील भुक्तानी लिने क्रममा सेवाग्राहीबाट १५ लाख ९६ हजार) घुस लिइसकेको अवस्थामा सोही कार्यालयको परिसरमा रहेको कर्मचारी आवास भित्रबाट रकमसहित दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।