आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनएले बनाएको लाप्राकस्थित निर्माणाधीन एकीकृत नमुना बस्तीसहित गोरखामा १० पर्यटकीय गन्तव्य पहिचान

शनिबार, पुष १९ २०७६

गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बनाएको लाप्राकस्थित निर्माणाधीन एकीकृत नमुना बस्तीसहित गोरखामा १० पर्यटकीय गन्तव्य पहिचान गरिएको छ ।
जिल्लास्थित पर्यटन प्रवर्द्धन समितिले गोरखाका १० पर्यटकीय गन्तव्यको पहिचान गरी सूची तयार गरेको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्ला स्तरीय पर्यटन प्रवर्द्धन समितिले स्थानीय तहको समन्वयमा पर्यटकीय गन्तव्यको सूची तयार पारेको हो ।

बारपाक सुलिकोट गाउँपालिकाको सीता गुफा, सहिद लखन गाउँपालिकास्थित लखन स्मृति पार्क, अजिरकोट गाउँपालिकाको अजिरकोट कालिका मन्दिर र पुरानो दरबार, धार्चे गाउँपालिकाको लाप्राकस्थित निर्माणाधीन एकीकृत नमुना बस्ती र तातोपानी कुण्डलाई पर्यटकीय गन्तव्यमा सूचीकृत गरिएको हो ।

त्यसैगरी, गोरखा नगरपालिकाको भीमसेन पार्क, पालुङटार नगरपालिकाको लिगलिगकोट, गण्डकी गाउँपालिकाको महादेव भैरवस्थान, सिरानचोक गाउँपालिकाको सिरानचोक कोट र भिमसेनथापा गाउँपालिकाको बराम आदिवासीको बसोवास रहेको क्षेत्रलाई पर्यटकीय गन्तव्यमा सिफारिस गरेको समन्वय समितिका कर्मचारी दीपक गुरुङले जानकारी दिए ।

छनोट भएका पर्यटकीय गन्तव्यको फोटो र विवरणसहित गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा पठाएको छ । चुमनुब्री र आरुघाट गाउँपालिकाले अन्तिम समयसम्म पनि पर्यटकीय स्थलको विवरण पठाउन नसकेको उनले बताए ।

भ्रमण वर्षलाई लक्षित गरी पर्यटन मन्त्रालयले प्रदेशका पर्यटकीय गन्तव्यको फोटो र विवरणसहित पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार