आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाली दूतावास कतारमा एनआरएनएसँगको सहकार्यमा भ्रमण वर्षका लागि हेल्प डेस्क स्थापना

बिहिबार, पुष १७ २०७६

काठमाडौं (जस)–नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रवद्धर्न गर्ने उद्देश्यका साथ नेपाली दूतावास कतारमा भ्रमण वर्षका लागि हेल्प डेस्क स्थापना गरिएको छ । सो हेल्प डेस्कको एक समारोहका बीच महामहिम राजदूत डा. नारदनाथ भारद्वाजले राजदूतावास परिसरमा उद्घाटन गरे ।

राजदूतावाससँगको सहकार्यमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारद्वारा आयोजित उक्त समारोहलाई सम्वोधन गर्दै महामहिम राजदूतले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल बनाउन नेपाली राजदूतावास र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार तथा कतारमा स्थापित अन्य सामाजिक संघ संस्थाहरुसँग मिलेर वर्षभरी नै विविध कार्यक्रमहरु आयोजना गरिने जानकारी गराए ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारका अध्यक्ष मोहम्मद. मुक्तदा मुसलमानले राजदूतावासबाट आयोजना गरिने नेपाल भ्रमण वर्ष, २०२० सम्बन्धी कार्यक्रममा संस्थाको तर्फबाट सदैव सहयोग रहने बचनबद्धता प्रकट गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार