आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सिभिल बैंकले मनायो नवौं वार्षिकोत्सव

बुधबार, पुष १६ २०७६

काठमाडौं(जस)–सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ । बैंकले आफ्नो ३८ शाखाहरु मार्फत वार्षिकोत्सवको दिन देखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो २८ शाखाहरु मार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । व्यास नगरपालिकालाई ५० थान डस्टविन प्रदान गरेको छ । त्यसैगरी, लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार