सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा बिजेता

बुधबार, पुष १६ २०७६

काठमाडौं(जस)–गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न भएको नेपाल ब्राईडल मेकअप–२०७६ मा सौन्दर्यकर्मी र मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट बिजेता बन्न सफल भएकी छिन । आफ्ना १२ प्रतिस्पर्धीलाई पछि पार्दै ‘नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६’ (नेपाल बेहुली शृंगार प्रतियोगिता(२०७६) को उपाधि उनले जित्न सफल भएकी हुन् । काठमाडौंमा सम्पन्न यस प्रतियोगितामा आफ्ना १२ प्रतियोगीलाई जित्दै मनिषा तामाङले उत्कृष्ट भएपबात रु. १५ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गरेकी छन् । यस्तै बनेपाकी मेकअप आर्टिस्ट लक्ष्मी दमाइ प्रतियोगितामा फस्ट रनरअप हुँदै १० हजार रुपैयाँ, विभिन्न उपहार जित्न सफल भईन र रोशना बज्राचार्य सेकेन्ड रनरअप हुँदै ८ हजार रुपैयाँसहित विभिन्न उपहार प्राप्त गर्न सफल भएकि छिन ।
त्यसैगरी सौन्दर्यकर्मी निकिता श्रेष्ठले बेस्ट हेयर र सबिता दुमी शेर्पाले बेस्ट मेकअपको उपाधि जित्न सफल भएका थिए । गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरको प्रस्तुति रहेको यो प्रतियोगिताको निर्णायकमा बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ, सौन्दर्य्विद लक्ष्मी महत र सौन्दर्य्बिद शर्मिला मुनिकार रहेका थिए ।
मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरुको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको कुरा गोंगबु ब्युटी पार्लर ट्रेनीङ सेन्टरकि संचालिका सौन्दर्य्बिद ज्ञानी महर्जनले बताइन । यस्ता प्रतियोगिता आयोजना गर्दा सौन्दर्यकर्मीहरुको मनोबल बढ्नुको साथै उनीहरुको कला शिपलाइ प्रोत्साहन मिल्ने कुरा उनि बताउछिन । बेहुली शृंगार निकै जटिल कार्य भएको र आजकाल बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको आयोजक सौन्दर्य्बिद ज्ञानी महर्जनले कार्यक्रममा बताइन् ।
सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ट सौन्दर्य्बिद तथा प्राधाप्यक डा. राजश्री श्रेष्ठले आजकाल बेहुली पनि शृंगारमा राम्रो हुनुपर्ने प्रचलन बढेकाले यस्ता प्रतियोगिताले ब्युटिसियनलाई बेहुली शृंगारमा दक्ष र सफल बनाउन मद्दत पुर्याउने र नेपाल सरकारले समेत माध्यमिक स्तर र उच्च शिक्षामा सौन्दर्य कोर्स राख्न लागेको बताईन् । कार्यक्रममा दर्जनौ सौन्दर्यकर्मी, मोडल तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार