आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

यस्तो छ भ्रमण वर्ष सफल पार्न एनआरएनएको साथ र सहयोग

बुधबार, पुष १६ २०७६

काठमाडौं । पर्यटन प्रवद्र्धन र समृद्धिको राष्ट्रिय अभियानमा गैरआवासीय नेपाली संघ(एनआरएनए)ले विगतदेखि नै नेपाल सरकारसँग हातेमालो गर्दै आएको जनाएको छ । नेपाल भ्रमण वर्ष–२०२० को अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गरी सफलतापूर्वक सम्पन्न गर्न पनि गैरआवासीय नेपाली समुदाय तम्तयारीसाथ जुटेको एनआरएनएका अध्यक्ष कुमार पन्तले बताए ।
यसै सन्दर्भमा माननीय पर्यटनमन्त्री योगेश भट्टराईको गैरआवासीय नेपाली संघसमक्ष गरेको अपिलअनुसार मंगलबार नयाँ वर्षको पूर्वसन्ध्यामा संसारका प्रमुख अग्ला टावरहरुमा गैरआवासीय नेपाली संघको वा नेपालको राष्ट्रिय झण्डा तथा ब्यानर फहराइएको पन्तले बताए । त्यसैगरी अन्य कार्यक्रमका साथ संघका राष्ट्रिय समन्वय परिपषदहरुले भ्रमण वर्षको प्रचार प्रसार गरी विदेशी मित्रहरुलाई नेपाल घुम्न प्रेरित गर्ने कार्यक्रम रेको पनि उनले बताए । ‘यस्ता कार्यक्रम वर्षैभरि निरन्तर रहनेछन् । नयाँ वर्षको सुखद आगमनको कामनासहित सम्पूर्ण गैरआवासीय समुदायमा पर्यटन प्रवद्र्धनका लागि स्वदेशले अघि सारेको भ्रमण वर्ष अभियान सफल पार्न आआफ्ना ठाउँबाट जुट्न फेरि पनि हार्दिक अनुरोध गर्दछु’, पन्तले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार