शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बक्स अफिसमा गुड न्युजको शानदार कमाई

शनिबार, पुष १२ २०७६

काठमाडौं(एजेन्सी)–बलिवुडमा शुक्रबार रिलिज भएको मल्टिस्टारर फिल्म गुड न्युजले शानदार शुरुवात गरेको छ । गुड न्युजले रिलिजको पहिलो दिन १७ करोड ५६ लाख कमाई गर्दै उत्कृष्ट शुरुवात गरेको हो । यस बर्षको अन्तिम रिलिजको रुपमा रिलिज भएको गुड न्युजमा अभिनेता अक्षय कुमार, करीना कपुर, दिलजित दोसाझ र कवीर खान फेम अभिनेत्री कियारा आडवाणी प्रमुख भूमिकामा रहेका छन् ।
त्यस्तै अभिनेता अक्षयकुमारको क्यारियरमा भने गुड न्युजले रिलिजको पहिलो दिन धेरै कमाई गर्ने फिल्मको सुचिमा पाँचौ स्थानमा रहेको छ । अक्षयको क्यारियरमै अहिलेसम्म पहिलो दिन धेरै कमाई गर्ने फिल्म यसै बर्ष रिलिज भएको मिशन मंगल हो । मिशन मंगलले पहिलो दिन २९ करोड १६ लाख कमाई गरेको थियो ।
त्यस्तै अक्षयको फिल्म गोल्डले २५ करोड २५ लाख, केसरीले २१ करोड ६ लाख र सिंह इज ब्लिंगले २० करोड ६७ लाख कमाई गरेका थिए । फिल्मको रिभ्यु राम्रो भएकाले कमेडी जनारामा बनेको यो फिल्म मल्टिप्लेक्समा राम्रो कमाई गर्ने फिल्म विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार