काठमाडौं(जस)–गैर आवासीय नेपाली संघ (एनआरएनए) का आइसिसि सदस्य तथा प्रदेश नम्बर ३ का सल्लाहकार रमेश भट्ट नेपाल भ्रमण वर्ष २०२० को मध्यपुर्ब क्षेत्रको क्षेत्रीय संयोेजक चयन भएका छन् ।

बिभिन्न सामाजिक संस्थामा रहि सामाजिक अभियान्तका रुपमा समेत पहिचान बनाएका भट्टलाई नेपाल सरकारले मनाउदै भ्रमण वर्ष मध्यपुर्ब क्षेत्रको क्षेत्रीय संयोजक गरिएको एनआरएनए मध्यपूर्वले जानकारी दिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० को मध्यपुर्ब क्षेत्रको क्षेत्रीय संयोेजक चयन भएसँगै भट्टले जनसवाल राष्ट्रिय दैनिकसँगै नेपालमा मध्यपूर्वबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् ।

लामो समय कतारमा रहेर एनआरएनएलगायत विभिन्न माध्यममार्फत नेपाल र नेपालीका हितमा काम गरिरहेका भट्टले मध्यपूर्व नेपाली पर्यटनका लागि अवसर भएको क्षेत्र भएको बताउँछन् । ‘मध्यपूर्वमा कतारजस्ता विश्वकै धेरै आय भएका मुलुकसमेत रहेकाले नेपाली पर्यटका लागि मध्यपूर्व प्रमुख श्रोत मुलुक बन्न सक्छ’ भट्टले भने । भट्टले सबैको सहयोग लिएर आफ्नो एनआरएनएले दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

