सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सिद्धार्थ बैंकले वार्षिकोत्सव : विशेष छुट अफर

बुधबार, पुष ९ २०७६

काठमाडौं (जस)–सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । पुस ९ गते रहेको १७औं वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले ३१ दिनसम्म लागू हुने गरी उक्त योजना ल्याएको हो । उक्त छुट पुस ९ गतेदेखि माघ १० गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
यस योजनामा ग्राहकहरुले निम्न बमोजिम छुटहरु पाउने छन् । जसमा दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म (अधिकतम ५०० रुपैयाँ) छुट पाइनेछ भने पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० रुपैयाँ क्यास ब्याक र पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको पीओएस मेसिन मार्फत् कारोबार गर्दा ३८२ रुपैयाँ क्यास ब्याकसँगै एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५ हजारको पीओएस मेसिन मार्फत् कारोबार गर्दा एक हजार रुपैयाँ क्यास ब्याक पाइने बैंकले जनाएको छ । यसैगरी पहिलो पटक अधिकतम ५०० रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक पाइने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार