शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रपति भण्डारीद्वारा गैरआवासीय राजदूत नियुक्त, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले फिलिपिन्स पनि हेर्ने

बुधबार, पुष ९ २०७६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटलीका लागि गैर आवासीय राजदूत नियुक्त गरेकी छिन्।

नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई फिलिपिन्स, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई मोनाको, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई न्यूजिल्याण्ड र स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई इटालीको गैरआवासीय राजदूतमा आज नियुक्त गरेकी हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार