सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राष्ट्रियसभामा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश विधेयक पेश

मंगलबार, पुष ८ २०७६

काठमाडौँ(जस)–राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गरेको हो । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरे । ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही पुस १० गते बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार