सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सनराइज बैंकको द’ई शाखारहित बैंकिङ्ग सेवा संचालनमा

सोमबार, पुष ७ २०७६

काठमाडौं(जस)–सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ नवलपुरको मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक दर्शन राज अमात्यले संयुक्त रुपमा एक समारोहका बीच मदनपुरमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।
सोही दिन कावासोती नगरपालिकाको अध्यक्ष खेम प्रसाद काफ्ले, शान्ति निकुन्ज उच्च माध्यमिक बिद्यालयको प्रधानअध्यापक हरि प्रसाद न्यौपानेले संयुक्त एक समारोहका बीच पिथौलीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे। उक्त कार्यक्रममा बैंकका प्रदेश ४ का प्रमुख रबिन्द्र के.सीले बैंकले कृषि क्षेत्र तथा महिला उद्यमीलाई सघैं प्रोत्साहन गर्न पहल गर्दै आएको र आगामी दिनहरुमा पनि यस बैंक मार्फत कार्यहरु निश्चित रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार