काठमाडौं(जस)– मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ स्वदेश फिर्ता भएका छन् । ‘मिस वल्र्ड प्रतियोगिता’ भाग लिन एक महिना अघि बेलायत गएकी अनुष्का आज स्वदेश फिर्ता भएकी हुन् । अनुष्काले यस वर्ष मिस वल्र्डमा मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोज विधा जितिन । अनुष्का प्रतियोगिताको उत्कृष्ठ १२ मा समेत पर्न सफल भइन । यस वर्ष विश्वका १११ मुलुकका सुन्दरीले प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागिता जनाएका थिए । मिस वल्र्ड प्रतियोगितामा भाग लिएर नेपालले ठूलो सफलता हासिल गरेकोमा आफैमा गौरवान्भिवत महसुस भइरहेको प्रतिक्रिया दिर्दै यसको लागि सबैलाई धन्यवाद ज्ञापन गरिन ।