छोटो समयमै अत्याधिक रुचाईयो
काठमाडौं(जस)– फूर्पा घलेको शब्द संगीतमा रहेको नयाँ गीतीसंग्रह चन्द्र सुर्य बजारमा आएको छोटो समयमै सर्वाधिक चर्चा बटुल्न सफल भएको छ । नेपाली राष्ट्रिय भावनाले ओतप्रोत भएको उक्त गीत खेलकुदलाई मध्यनजर गर्दै ‘हुटिङ सङ’का रुपमा बजारमा ल्याईएको गीतकार घलेले बताए । घलेका हालसम्म ६ वटा गीत बजारमा आईसकेको छ, जसमा एकमहिना अघि बजारमा आएको चन्द्रसुर्य गीत सर्वाधिक चर्चा बटुल्न सफल भएको हो ।
मनाङ जिल्लाको तत्कालिन फिसाङ गाँउपालिका वडा नम्बर ६ मा ४६ बर्षअघि जन्मिएका घले हिमाली गीतकारका रुपमा परिचित छन । यसअघि उनका ‘हिमालको काखमा जन्मेको नेपालीको छोरो, ‘जन्मेपछि बाँचुञ्जेलसम्म चाहिने रैछ धन’ लगायतका गीत चर्चित छन ।
समाजसेवा र गीतलाई सँगसँगै अगाडि बढाएका घलेले केही समयअघि मृगौला पीडित समिर तामाङको जिबन बचाउनका लागि आर्थिक सहयोग समेत गरेका थिए ।
नेपाली संगीत क्षेत्रमा प्रवेश गर्नुका पछाडि उनले मुख्यतः ४ वटा कारण प्रश्तुत गरे । गीतबाट उठेको रकमले दीनदुखी व्यक्तिहरुको भलाईमा खर्च गर्दै आएका घलले देशका लागि, जन्मभुमिको चिनारीका लागि, समाजसेवा र आफ्ना सन्ततिलाई नेपाली संगीत क्षेत्रमा बाटो देखाउनका लागि आफु क्रियाशिल रहेको बताए । पछिल्लो समय उनको ‘चन्द्र र सुर्य बोलको गीत दर्शकश्रोताले अत्याधिक रुचाएका छन । गीतमा राजेशपायल राई र अनिल गुरुङले स्वर दिएका छन ।