शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सिभिल बैंक एजीएमबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित

सोमबार, पुष ७ २०७६

काठमाडौं(जस)–सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा पौष ६ गते सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७५ का दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार सात सय एक रुपैया अन्ठाउन्न पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।
साथै सभाले आ.व. २०७६र०७७ को लेखापरिक्षण गर्नको लागि एनवीएसएम एण्ड एसोशियटलाई लेखापरिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्नेरहुने वा स्वदेशीरविदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०२ र एटियम संख्या ७६ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार