काठमाडौं(जस)–नेपाली गीत संगीतमा योगदान पुर्याउने विभिन्न कलाकाहरुलाई ‘नेपाल संगीत उद्योग संघ’ले ६५ विधामा विभिन्न कलाकारहरुलाई अवार्ड वितरण गरेको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको उक्त अवार्ड कार्यक्रममा नेपाली आधुनिक, पप, लोक मात्र नभएर विभिन्न भाषा–भाषिका गीतहरुलाई समेत अवार्ड वितरण गरिएको थियो ।
सम्पूर्ण विधाबाट उत्कृष्ट पाँचलाई नोमिनेशनमा राखेर ५ बाट एक जनालाई अवार्ड प्रदान गरिएको थियो । विभिन्न नेपाली गीतहरुमा आवाज दिने कलाकारहरु, गायक, गायिकाहरु, नायक, नायिकाहरु, गीतकार, संगीतकारहरु, क्यामेरा म्यानहरु, निर्देशकहरु लगायत सबैलाई नयाँ र स्थापित कलाकाहरुलाई छुट्याएर अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा प्रस्तोता रहेका दिनेश डि.सी. ले नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीको भवनलाई निकै रमाईलो बनाएका थिए । नेपाली गीत संगीत सँग सम्बन्धित विभिन्न व्यक्तिहरुको हातबाट पुरस्कार र अवार्डहरु वितरण गरिएको थियो ।
अवार्ड वितरण कार्यक्रममा गायिका सरिता कार्कीले ‘लाउँछ माया नलाउने होईननी’ गीतबाट उत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड हात पारेकी थिईन भने सधैं लोकदोहोरी गीतबाट अवार्ड पाउँने मोडेल दुर्गेश थापाले यसपटक आधुनिक गीतबाट उत्कृष्ट नायकको अवार्ड हात पारेका थिए । त्यसैगरी नायिका करिष्मा ढकालले उत्कृष्ट लोकदोहोरी नायिकाको अवार्ड हात पारेकी थिईन् ।त्यसैगरी लोकदोहोरी नायकमा शंकर वि.सी.ले अवार्ड जितेका थिए ।
उत्कृष्ट लोकदोहोरी गायकको अवार्ड ‘सालको पात’ गीतबाट लोकगायक कुलेन्द्र विश्वकर्माले हात पारेका थिए, भने उत्कृष्ट लोकदोहोरी भाका सर्जकमा ‘लालमै’ गीतबाट शिव हमालले पाएका थिए । गीत संगितको संरक्षणको लागि स्थापना भएको पुरानो संस्थाले आयोजना गरेको यो अवार्डमा लाऊँछ माया बोलको गीत बाट गायिका सरिता कार्की वर्ष भरीको सर्बो्त्क्रिस्ठ गायिकाको अवार्ड पाएकि सथइन । अवार्ड प्राप्तपछी धेरै खुसी भएको गायिका कार्कीले जनसवालसँग बताईन उनिलगायत अवार्ड प्राप्त कलाकारहरु सबै खुशी रहेका थिए । उक्त कार्यक्रममा नेपाली कला संगीतलाई आफ्नो जीवनकालमा पुर्याएको योगदानको लागि दिईने ‘लाईभ टाईम एचिभमेन्ट’ पुरस्कार ‘मह’ जोडीलाई रु ५५,००० नगद प्रदान गरिएको थियो ।
