काठमाडौँ । फिफा क्लब विश्वकपको उपाधि लिभरपुलले जितेको छ । फाइनलमा मेक्सिकन क्लब फेरमिंगोलाई एक–शून्यले गोल अन्तरले हराउँदै लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भयो ।
कतारको दोहामा भएको फाइनलमा लिभरपुलको जितमा रोबेर्टो फेरमिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो । युरोपियन च्याम्पियन लिभरपुलले निर्धारित ९० मिनेट गोलरहित बराबरी गरेको थियो ।
खेलको सुरुवातमा नै ब्राजिलियन खेलाडी फरेमिन्हाले लिभरपुललाई अग्रता दिलाउने सुनौलो मौका पाएका थिए तर असफल भए । त्यसपछि नाबी केइटाले पनि राम्रो मौका पाएकोमा खेर फाले ।
मेक्सिकन क्लबविरुद्ध आक्रामक फुटबल खेलेको लिभरपुलका लागि दोस्रो हाफको सुरुवातमा नै फेरमिन्होले गरेको प्रहार पोलमा लागेर फर्किँदा रिबाउण्डमा मोहम्मद सलाहले मौका पाएका थिए तर सफल भएनन् ।
तर खेलको इन्जुरी समयमा साडीयो मानेलाई डी बक्समा लडाएपछि लिभरपुलले पेनाल्टिको अपिल गरेको थियो तर भिएआरले त्यो अपिललाई खारेज गर्याे ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलियो र लिभरपुलले ९९ औँ मिनेटमा अग्रता लियो । उसका लागि फेरमिन्होले गोल गरे । त्यसका लगत्तै फेरि सलाहले अर्को डरलाग्दो प्रहार गरेका थिए तर त्यसलाई एल्भेसले रोके ।
फिफा क्लब विश्वकपको इतिहासमा अतिरिक्त समयमा भएको यो चौथो फाइनल हो । यसअघि सन् २०००, २००९ र २०१६ मा भएको फाइनल पनि अतिरिक्त समयमा गएको थियो ।
यो उपाधिसँगै लिभरपुलले क्लबस्तरमा खेल्ने सबै प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।