शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

बिराटनगरमाथि काठमाडौँको सहज जित

शनिबार, पुष ५ २०७६

काठमाडौं(जस)–नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत काठमाडौँ गोल्डेन्सले विराटनगर टाइटान्सलाई पराजित गरेको छ । काठमाडौँले दिएको १६० रनको लक्ष्य पछाएको विराटनगरले १९.४ ओभरमा १२३ रन बनाउदा अलआउट भएपछि खेल ३६ रनले हारेको हो ।
विराटनगरक लागि पुनित मेहराले सर्वा्धिक ५३ रन बनाए भने प्रदीप ऐरीले २९ र नोमन खानले २५ रन बनाए । काठमाडौँका बलर सुबोथ भाटीले ३ विकेट लिए भने अमरसिंह राउटेला र बसन्त रेग्मीले २–२ विकेट लिएका थिए । त्यस्तै अमृत भट्टराई र सुशान भारीले एक एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
काठमाडौँका लागि जयकिशन कोल्सावालाले सर्वा्धिक ५५ रन बनाए भने काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाएका थिए । त्यस्तै अमित श्रेष्ठले १७, सुबोथ भाटीले १४, आदील खानले १३ र पवन साराफले ५ रन बनाएका थिए । त्यस्तै गौरव तोमार भने शुन्यमा आउट भएका थिए । विराटनगरका पुनित मेहराले २ विकेट लिएका थिए भने किशोर महतो, जितेन्द्र मुखिया र नोमान खानले एक एक विकेट लिएका थिए । जारी प्रतियोगितामा यो जितपछि काठमाडौँले २ खेलमा जित र २ हार बेहोरेको छ भने विराटनगरले भने एक जित र दुई हार बेहोरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार