काठमाडौं(जस)–यस सिजनको बिग बास लिगमा मेलवर्न स्टार्सले विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा मेलवर्नले ब्रिसबेन हीटलाई २२ रनले पराजित गरेको हो । मेलवर्नले दिएको १६८ रनको लक्ष्य पछाएको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाउदै १४५ रन मात्र बनाएको थियो । ब्रिसबेनका लागि टम बान्टनले सर्वा्धिक ६४ रन बनाए भने माट रेनशाले ३९ रन बनाए । मेलवर्नका बलर एडम जाम्पाले सर्वा्धिक ३ विकेट लिए भने डेनियल वोरल र हरिस रौफले २(२ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछाने एक विकेट लिएका थिए ।
सन्दीपले ब्रिसबेन हीटविरुद्ध ४ ओभर बलिङ गर्दै ३८ रन दिएर एक विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा १९ रन दिएका थिए । तर त्यसपछि कमब्याक गर्दै दोस्रो ओभरमा ६, तेस्रो ओभरमा ५ र चौथो ओभरमा ८ रन दिएका थिए । तेस्रो ओभरमा सन्दीपले विकेट लिने अवस्था सिर्जना गरेको भएपनि मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलले क्याच ड्रप गर्दा सो अवसर गुमेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको मेलवर्नले कप्तान ग्लेन म्याक्सवेलको ३९ बलमा ८३ रनको पारीले १६७ रन बनाएको थियो । मेलवर्नका लागि पिटर ह्यान्ड्सकबले २० रन बनाए भने हिल्टन कार्टराइटले १८ र मार्कोस स्टोइनिसले १६ रन बनाएका थिए ।